प्रधानमन्त्री र प्रकाण्ड बिच भेटवार्ता

काठमाडौ –  प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपाका प्रवक्ता प्रकाण्ड बिच प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार भेटवार्ता भएको छ । भेटवार्तामा दुई नेता बिच काठमाडौं जिल्ला अदालतले नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड सहितका नेतामाथि दिएको पक्राउ पूर्जीको आदेशबारे गम्भीरता पूर्वक छलफल भएको छ । छलफलमा प्रधानमन्त्री प्रचण्डले यस विषयमा आफू निकै गम्भीर भएको र आफूलाई समेत जानकारी विना निणर्य आएको बताएका छन । प्रधानमन्त्री प्रचण्डले सरकारको तर्फबाट तीन बुँदे सहमति कार्यान्वयका लागि कानुनी र राजनीतिक बाटो बाट समाधान खोज्ने विश्वास दिलाएको नेकपाका प्रवक्ता प्रकाण्डले जानकारी दिएका छन । भेटवार्तामा प्रवक्ता प्रकाण्डले राज्यले गरेको सहमति विपरित कुनै एउटा अदालतको न्यायाधीस जान नपाउने बताउदै अदालतको निर्णय यथाशिघ्र सच्चाउन सुझाव दिएका थिए । प्रवक्ता प्रकाण्डले नेपालमा अदालतका केही न्यायाधीसहरु राज्यको मातहतमा नचलेर कुनै अर्कै तत्वको मातहतमा चलेको होकी ? भनेर प्रधानमन्त्री प्रचण्डसंग जिज्ञासा राखेका थिए । छलफलमा दुबै नेताले नेपाल नितान्तै संकटतिर गएको साझा बुझाई राख्दै समाजवादी व्यवस्थामा जानका लागि समाजवादी मोर्चाको आगामी कामका विषयमा पनि गम्भीरतापूर्वक छलफल गरेको बताईएको छ ।

You can share this post!