पक्राउको आदेश दिने न्यायाधीसलाई कार्बाहीको दायरा ल्याउनु पर्छः प्रकाण्ड सी

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले नेपाल कम्युनिष्ट पार्टीका नेतामाथि पक्राउको आदेश दिने न्यायाधीसलाई कार्वाहीको दाहेरामा ल्याउनुपर्ने बताएका छन । सगरमाथा टेलिभिजन संगको आईतवारको कुराकानीमा प्रवक्ता प्रकाण्डले यथाशिघ्र सरकारले स्पष्टिकरण सहित कार्वाहीको दाहेरामा ल्याउनु पर्ने बताएका हुन । उनले काठमाडौ जिल्ला अदालत राज्यले गरेको तीन बुँदे राजनीतिक सहमतिको खिलापमा गएकाले भन्दै कि त काठमाडौं जिल्ला अदालतको प्रमुख न्यायाधीस र फैसला गर्ने न्यायाधीसले सार्वजनिक रुपमा जनताको बिचमा माफी माग्नुपर्ने यदि जनताको अगाडि गल्ती भयो भन्दै माफी नमागे राज्यले आफ्नो प्रक्रियामा कार्वाहीको दाहेरामा ल्याउनुपर्ने बताए । प्रवक्ता प्रकाण्डले भने ‘तीन बुँदे सहमति राज्यका सबै निकायका लागि कानून हो । तीन बुँदे सहमति विपरितको निर्णय राज्यको खिलापमा छ । राष्ट्रिय राजनीति मान्यताको खिलापमा आदेश भयो । राज्यको निर्णय उल्लंघन गर्ने निर्णय डरलाग्दो छ । राज्य भनेके देश र जनता हो, मुख्य न्यायाधीस र फैसला गर्ने न्यायधीस अपराधी हुन । राज्यले कार्वाही गर्नु पर्छ ।’

प्रवक्ता प्रकाण्डले नेपाली जनताको शान्तिपूर्ण परिवर्तनको चाहाना माथि मानाहानी गरी देशलाई द्धन्द्धतिर फर्काउने आदेश दिने अदालत साम्राज्यवादी र नेपाली केही दलालहरुको मातहतमा परिचालित भएको पुष्टि भएको बताए । उनले पार्टीका महासचिव विप्लव र आफूलाई पक्राउ गर्ने हिक्मत नगर्न चुनौती दिर्दै पक्राउ गर्न आउनेहरु उल्टै पक्राउ पर्ने चेतावनी दिए । प्रवक्ता प्रकाण्डले शान्ति भाड्ने,देशलाई द्धन्द्धतिर लैजान खोज्ने, राज्यको स्पिडमा नचल्ने न्यायाधीसलाई कुनै पनि वाहानामा छुट दिन नसकिने र राज्यले कार्वाही गर्नुपर्ने बताए । उनले यदि राज्यले कानूनी कार्वाही नगरे जनअदालते कार्वाही गर्ने पनि चेतावनी दिए । अर्को प्रसंगमा प्रवक्ता प्रकाण्डले एनसेलको शेयर खरिद विक्री काण्डकोबारे बोल्दै एनसेल अन्तर्राष्ट्रिय ठग र नेपाली जनताको दुश्मन भएको टिप्पणी गरे । उनले नेपालका राजनीतिक र प्रशासनीक क्षेत्रका दलालहरुको मिलेमत्तोमा पछिल्लो शेयर खरिद विक्री काण्ड चलेको र यो ठुलो अपराध भएको बताए । उनले भने ‘एनसेल देश र जनता माथि ठगि गर्न आएको कम्पनी हो । एनसेलका विरुद्ध आफ्नो पार्टीले विगत देखि ठुलो संघर्ष गर्दै बम समेत हानेको स्ष्पष्टै छ । त्यसकै कारण प्रतिवन्ध समेत खेप्नु पर्यो । अहिले आएर उसको अपराधको पुष्टि भयो ।’ उनले एनसेलबाट अरबैं कमिशन खाने दलालहरु मिलेर फेरी अर्को काण्ड गरेको आरोप पनि लगाए ।

You can share this post!