गृहमन्त्री अस्पतालबाट डिस्चार्ज

काठमाडौं  –

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् । गत मंसिर १९ गते शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसवारी, काठमाडौंमा भर्ना भई मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी गरी उपचाररत रहेका थिए । श्रेष्ठको स्वास्थ्यमा उल्लेखनीय सुधार भएकोले चिकित्सकको सल्लाह र सिफारिसमा अस्पतालबाट डिस्चार्ज गरिएको सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । श्रेष्ठले उपचारमा संलग्न डा. अरुण मास्के सहितको चिकित्सक टोली, नर्सहरु र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक लगायत अस्पताल परिवारप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

You can share this post!