“हामी सेवा गर्छौ” भन्ने मुल नारा का साथ मानविय सेवामा अघि बढ्दै लायन्स क्लब अफ काठमाडौ “आगमन” तथा लायन्स क्लब अफ काठमाडौ “माहान्काल”

काठमाण्डौ- २०७८-९-२१ गते  अर्थात 5th Janaury, 2022 का दिन हामी सेवा गर्छौ भन्ने मुल नाराका साथ मानबिय सेवामा अघि बढेको लायन्स क्लब अफ काठमाडौ “आगमन” तथा लायन्स क्लब अफ काठमाडौ “माहान्काल” को सयुक्त आयोजनामा मध्यबिन्दु न. पा. कुसुन्डे १२ मा ५३ घरधुरी मुशहर बस्तीमा न्यानो लुगा तथा बल्यान्केट बितरण र मध्यबिन्दु न. पा. ११ स्थित सिद्धार्थ आधारभुत बिद्यालयका बिध्यार्थीहरुको लागि स्कुलब्याग तथा शैक्षिक सामग्री बितरण कार्यक्रम क्लबका लायन्स साथिहरु, स्कुलका अध्यक्ष तथा शिक्षक शिक्षिका, समाजसेवी  सुरुका दिनदेखी हामीलाई साथ र सहयोग गर्नु हुने लक्ष्मी सेनज्यु र जितेन्द्र मुशहर उपस्तिथिमा सम्पन्न गरियो।

साथै क्लब “आगमन” का अध्यक्ष राधा ग्यावली ज्यु, क्लब “माहान्काल” ३२५-य -१ का रत्न श्रेष्ठ र भरत जोशी सर लगायत २ क्लबको सहकार्यमा कार्यक्रम सम्पन्न भएको जानकारी Region Chairperson Lion रिता खनालज्युले दिनुभयो।

 

You can share this post!