नेकपाका नेता अविरललाई पितृशोक

काठमाण्डौ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता अविरललाई पितृशोक परेको छ । नेपाल कम्युनिष्ट पार्टी काठमाण्डौ जिल्ला सचिवालय सदस्य तथा काठमाण्डौ महानगर समितिका ईन्चार्ज अविरलका बुबा पदम बहादुर चन्दको अछामको पञ्चदेवल नगरपालिका वडा नं ५, लयाँटि स्थित आफ्नै निवासमा निधन भएको हो ।

केहि दिन देखि झाडा पखाला सँगै स्वास्थ्यमा समस्या देखिएका चन्दको ९० बर्षको उमेरमा सोमवार साँझ ७ बजेतिर निधन भएको पारिवारिक श्रोतले जानकारी गराएको छ । ठकुरी परिवारमा जन्मिएर पनि उत्पीडित जनताको पक्षमा आवाज बुलन्द गर्दै आउनु भएका स्व. चन्दले आफ्ना छोरालाई पनि समाज रुपान्तरणको मार्गमा लाग्न प्रेरित गरेका थिए । लामो समय गाउँमै शिक्षण पेशामा आवद्ध रहेका स्व. चन्दको नेपालका हरेक परिवर्तनकारी आन्दोलनमा पनि योगदान रहेको थियो । स्व. चन्दका श्रीमती सहित तीन छोरा–छोरी, बुहारी र नाती–नातीनिहरु छन् ।

छोरीहरु हस्ताना, धनसुपा र देउधरी शाहीले बिवाह गरिसकेकि छन् । छोराहरु सर्जन र जय बहादुर चन्द शिक्षण पेशामा आवद्ध छन भने अविरल चन्द भने बुवाकै प्रेरणा स्वरुप विगत करिब दुई दशक देखि सक्रिय राजनीतिमा छन् । हाल पार्टी कामले काठमाण्डौमा रहेका नेता चन्दले पितृशोकको यस घडिमा बुबाको अन्तिम संस्कारमा भौतिक उपस्थिति जनाउन नसकेता पनि उहाँले देखाउनु भएको बाटो, सिकाउनुभएको सिखलाई लाई आफ्नो जिवनको आदर्श बनाएर अघि बढ्ने प्रण गरेको जानकारी दिए । साथै उनले आफु समाजको आमुल रुपान्तरणकारी आन्दोलनमा होभिएको हुँदा मृत्यु संस्कारलाई पनि समयानुकुल रुपान्तरण गर्ने पक्षमा रहेको समेत बताए ।

You can share this post!