मिसेस हिमालयन नेपाल २०२१ कि बिजेता बनिन भिष्मा नेम्बाङ

काठमाण्डौ – मिसेज हिमालयन नेपालको हालै सम्पन्न आठौं संस्करणमा इलामकी भिस्मा नेम्वाङ्गले उपाधि हात पारेकी छन् । उनले उपाधिसंगै बैङ्कक थाइल्याण्डमा हुन गईरहेको एसिया फेसन रनवेमा समेत सहभागी हूने अवसर पाएकी छिन् । हिमालयन मुभिजको आयोजनामा सम्पन्न सो प्रतियोगिताको फस्ट रनरअपमा सबिना तामाङ्ग एवम सेकेन्ड रनरअपमा प्रतिक्षा खड्गीले उपाधी जोगाउन सफल भएका छन् ।

विवाहित महिलाहरुको प्रतिभा प्रदर्शनको राष्ट्रिय स्तरको सो सौन्र्दय प्रतियोगीतामा विविध सबटाइटल अवार्डहरु समेत वितरण गरिएको थियो जसमा भिष्मा नेम्वाङ्गले मोस्ट एट्रयाक्टिभ, सविना तामाङ्ग मोस्ट कन्फिडेन्ट, प्रतिक्षा खड्गी मोस्ट स्मार्ट, इश्वरी श्रेष्ट बेस्ट प्रर्सनालिटी र पपुलर भिडियो अर्वाड, शुसीला कटुवाल मोस्ट डिलिजेन्ट र शर्मिला सिरमालले बेस्ट फोटोजेनिक हात पारेका छन् ।

हिमानी सुब्बाको कोरियोग्राफी रहेको सो कार्यक्रममा प्रतियोगीहरुले दुई सातासम्म व्यक्तित्व विकास, बोलीचाली अभ्यास, आत्मविस्वास अभिवृद्धी, क्याटवाक, फोटोसुट, भिडियो सुट लगायतका तालिमहरु लिएका थिए । कार्यक्रमको निर्णायक मण्डलमा गायिका बुनु राई मानन्धर, नायक तथा बैंकर तेज गिरी, फेशन डिजाइनर सुक्निता चौलागाई, व्युटिसियन नेपाल २०१५ गौरा राई, ब्राइडल कन्टेस्ट नेपाल २०२० ज्ञानु नगरकोटी, सौन्दर्यकर्मी एबम् नृत्य प्रशिक्षक शर्मिला कोइराला रहेका थिए ।

कार्यक्रमको फोटोग्राफी तथा भिडियोग्राफी स्टुडियो कुबेर प्रा.लि. को तर्फबाट कुबेर तामाङ्ग तथा ज्ञानु राईले गरेका थिए । काष्ठमण्डप टिभीबाट प्रसारित सो कार्यक्रमको सञ्चालन नायक एबम मोडेल दिक्पाल कार्कीले गरेका थिए ।

You can share this post!