नेकपा माओवादी केन्द्रको ८ औँ महाधिवेशन सुरु

काठमाण्डौ –नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र आजबाट सुरु हुँदैछ । आइतबार काठमाण्डुमा उद्घाटन भएको महाधिवेशन बिहान ११ बजेका लागि तय भएको हाे । अर्थमन्त्रीसमेत रहेका माओवादी नेता जनार्दन शर्माका अनुसार बिहान ११ बजेदेखि प्रज्ञा भवनमै बन्दसत्र सुरु हुनेछ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि पनि बन्दसत्रमा सामूहिक छलफल हुनेछ । प्रवक्ता कृष्ण बहादुर महराले माओवादीले सकेसम्म सहमतिबाट नेतृत्व चयन गर्ने नभए निर्वाचनमा जाने भए । उनले पदाधिकारीसहित २९९ जना भन्दा बढी सदस्य रहेको नयाँ केन्द्रीय कमिटी चयन हुने बताए ।

‘केन्द्रीय कमिटी संख्या २९९ मा बढी हुन्छ । केन्द्रीय कमिटीका तर्फबाट एउटा प्यानल प्रस्ताव होला’, महराले भने, ‘त्यसमा असहमत भएका साथीहरूले आफ्नो मत राख्न सक्नुहुन्छ । सहमति भयो भने निर्वाचनमा जाँदैन। सहमति भएन निर्वाचनबाटै नेतृत्व छानिन्छ ।’ माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समिति बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरिसकेको छ । १६ बढी प्रतिनिधिहरु बन्दसत्रमा सहभागी हुनेछन् ।

You can share this post!