रचना र केशबको स्वरमा गीतकार सुधाको ‘तिम्रो मायाले’ सार्वजनिक

काईटसंसार संवाददाता
काठमाण्डौ | नायक सलोन र रुबिनाको जोडी फेरी पनि अर्को म्युजिक भिडियो मार्फत देखिएको छ । तर हामी वस्तबिक जोडी होइनौ सलोनले भने म त मायामा पौडिदै छु, उनी त यो क्षेत्र भन्दा फरक विधामा छिन ।

‘तिम्रो मायाले बोल रहेको उक्त गीतमा गायिका रचना रिमाल र गायक केशब भावुकको सुमधुर स्वरले सजिएको छ ।

भिडियोमा सलोन र रुबिनसंगै भाईरल टिकटकर सन्तोष बस्नेत, लोसिन लमिछने, प्रख्यात घिमिरे, तप्स्या, गोपाल, कृति लगायतले अभिनयमा साथ दिएका छन ।

बिदेशमा रहेर पनि आफ्नै देशको संस्कृति, भेषभुषा र नेपाली गीत संगीतलाई माया गर्ने, थुप्रै चर्चित गीतहरुकी सर्जक गीतकार सुधा मरहठ्ठाको शब्द लेखन र चर्चित संगीतकार राजन तिमिल्सिनाले संगीत रहेको गीतको भिडियो निर्देशन चर्चित तथा अहिलेका व्यस्त म्युजिक भिडियो निर्देशक शशान कँडेलले गरेका हुन ।

‘भिडियोमा जती नै लगानी भएपनी यसबाट हुने कमाई समाज सेवामा लगाउछु’ गीतकार मरहठ्ठाले बताईन ।

गीतमा योगेश काजीको संगीत संयोजन अशिष अविरलको मिक्सिङ मास्टरिङ्ग रहेको छ ।

काठमाण्डौ एक प्रेस रिलिज कार्यक्रम गरी उक्त भिडियो सार्वजनिक गरिएको हो ।

भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी बुद्ध थापाको छाँयाकन बिकास दाहालको सम्पादन रहेको छ ।

भिडियोलाई गीतकार सुधा मरहठ्ठाको अफिसियल युट्युब च्यानल सुधा इन्टरटेन्मेण्ट मार्फत सार्वजनिक गरिएको छ ।

You can share this post!