नेकपा काठमाण्डौ महानगर समितिको पुर्ण बैठक ऐतिहासिक निर्णय गर्दै सम्पन्न

काठमाण्डौ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी काठमाण्डौ महानगर समितिको पुर्ण बैठक सम्पन्न भएको छ । आईतबार स्वयंभुको भगवान पाउमा बसेको पार्टीको पुर्ण बैठकले ऐतिहासिक निर्णय समेत गरेको नेपाल कम्युनिष्ट पार्टी महानगर समितिले जनाएको छ ।

No description available.
बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा काठमाण्डौ जिल्ला ईन्चार्ज माईला लामाको प्रमुख आतिथ्यता रहेको थियो भने अध्यक्षता ग्रहण पार्टीका काठमाण्डौ जिल्ला सचिवालय सदस्य तथा काठमाण्डौ महानगर समिति ईन्चार्ज अविरलले गरेका थिए । महानगर समितिका सचिव संघर्ष संचाल रहेको पुर्ण बैठकमा नेवा मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष तथा एकीकृत जनक्रान्तिका घाइते योद्धा सुरेन्द्र, एकीकृत जनक्रान्तिका घाईते योद्धा जीवन ठाकुर, काठमाण्डौ जिल्ला सचिवालय सदस्य सफल, जिल्ला सदस्य दर्शन लगायतको विशेष उपस्थिति रहेको थियो ।

No description available.
पुर्ण बैठकका प्रमुख अतिथि माईला लामाले प्रमुख अतिथिको आसनबाट बोल्दै जिल्ला पार्टीले अगाडि ल्याएको २ महिने संगठनात्मक अभियान दृढतापुर्वक कार्यन्वयन गर्न नेता कार्यकर्ता पंक्तिलाई अपिल गरेका थिए । साथै उनले पार्टी र क्रान्तिको हित विपरित अमुक व्यक्ति र पात्रहरुद्धारा फैलाईएका अफवाहको बारेमा चिरफार समेत गरेका थिए । पार्टीले पछिल्लो समय लिएको वैज्ञानिक समाजवाद स्थापनाको निम्ति जनमत संग्रहको कार्यनिति सान्दर्भिक र वस्तुगत रहेको भन्दै पार्टी, संगठन र कार्यदिशाबारे ब्याख्या गर्दै प्रशिक्षणात्मक मन्तव्य राखेका थिए । २ महिने संगठनात्मक अभियानलाई लक्षित गर्दै जिल्ला पार्टी कार्यालयबाट महानगर समितिमा जिम्मेवारी लिएर आएका दर्शन, ठुलदाई, रामदेव, विरेन्द्र पार्टी जिल्ला सल्लाहकार समितिका सदस्य देवीराम भुसाल र राममल्ल सँगै नेवा मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष तथा एकीकृत जनक्रान्तिका घाइते योद्धा सरेन्द्र लगायतले पनि बैठकमा सम्वोधन गरेका थिए ।

No description available.
अन्तमा बैठकका अध्यक्ष तथा काठमाण्डौ महानगर ईन्चार्ज अविरलले जिल्ला पार्टीले जारी गरेको सर्कुलर वाचन गर्दै पार्टीले अगाडी सारेको २ महिने संगठनात्मक अभियानको महत्व, आवश्यकता र सान्दर्भिकता बारे विषद व्याख्या गरेका थिए । पार्टीले संचालन गरेको अभियानमा आम नेता कार्यकर्ता दत्तचित्त भएर उभिन पनि ईन्चार्जले आवहान गरेका थिए । साथै उनले कम्युनिष्टको आचरण, जिवनशैली र सांस्कृतिक पक्षबारे प्रकाश समेत पारेका थिए । २ महिने अभियान पश्चात महानगर समिति अझ जुर्मुराएर उठ्ने र त्यसमा आम कार्यकर्ता पंक्तिले एकाकार हुनपर्नेमा पनि उनले जोड दिएका थिए ।

No description available.
महानगर समितिको पुर्ण बैठकले २ महिने संगठनात्मक अभियानलाई सफलिभुत पार्न महानगर समितिलाई आठ टिममा विभाजन गरेको छ । प्रत्येक टिमको काम, कर्तव्य र अधिकारको बारेमा चुस्त कार्यविधि बनाएको बैठकले प्रत्येक पार्टी सदस्यले नियमित लेवि तिर्ने, पार्टी बैठकमा अनिवार्य उपस्थित हुनुपर्ने, पार्टीले ल्याएका हरेक औपचारिक, अनौपचारिक संघर्षका कार्यक्रममा अनिवार्य सहभागी हुनुपर्ने लगायतका ऐतिहासिक निर्णय समेत गरेको थियो ।

No description available.

No description available.

You can share this post!