प्रधानन्यायाधीशलाई ३ दिनभित्र राजीनामा दिन बारको अल्टिमेटम, जबराको सम्पति विवरण खोज्ने

काठमाण्डौ – नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामा दिन तीन दिने अल्टिमेटम दिएको छ । बुधबार सर्वोच्च अदालत परिसरमा भएको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष चण्डेश्वर श्रेष्ठले मंसिर ३ गतेभित्र राजीनामा दिन अल्टिमेटम दिएका हुन् । ‘३ मंसिरसम्म जबराको राजीनामा आएन भने थप आन्दोलन गर्छाैँ । यो शुक्रबारसम्म हामीले तपाईंलाई राजीनामा गर्ने मौका दिएका छौँ । राजीनामा दिनुभएन भने हामी देशभरका उच्च अदालतमा विरोध सभा गर्छौँ,’ उनले भने ।

अध्यक्ष श्रेष्ठले जबराका कारण न्याय किनबेच नहोस् भन्ने सबैको शिर झुकेको बताए । उनले प्रधानन्यायाधीश जबराले गरेका सबै फैसला बारले अध्ययन गर्ने पनि बताए । साथै अध्यक्ष श्रेष्ठले जबराको सम्पत्ति विवरण पनि खोज्ने बताए । ‘शिर उचो पार्न हामी यो आन्दोलनमा छौँ । वार्ताको लागि गरेको आह्वान हाम्रो आँखामा धुलो छर्ने प्रयास मात्र हो’, श्रेष्ठले भने ‘अब चोलेन्द्रले गरेका सबै फैसला बारले अध्ययन गर्नेछ । हामी जबराको सम्पत्ति विवरण पनि खोज्दैछौँ ।’

You can share this post!