पहिलो ई-पासपोर्ट सत्यमोहन जोशीलाई

काठमाडौं – राहदानी विभागले  विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गरेको छ। परराष्ट्रमन्त्री नारायण खड्काले बुधबार त्रिपुरेश्वरस्थित विभागमा आयोजित एक समारोहबीच ई–पासपोर्ट सार्वजनिक गरेका हुन्।  विभागले एमआरपी विस्थापन गरी (ई–पासपोर्ट) जारी गरेको हो।   पराराष्ट्रमन्त्री खड्काले पहिलो ई-पासपोर्ट शताब्दी पुरुष सत्यमोहन जोशीलाई वितरण गरेका हुन्।

ई–पासपोर्ट कभरमा नेपालको नयाँ नक्सासहितको निशान छाप छ। साधारण (३४ र ६६ पृष्ठ), कूटनीतिक, विशेष, सर्भिस, अस्थायी, सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका पासपोर्ट जारी हुनेछन्।

You can share this post!