गिरफ्तार नेकपा काठमाण्डाै महानगरका नेता संघर्ष र डीएम रिहा

काठमाण्डाै – नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी काठमाण्डाै महानगर समितिका सेक्रेटरी संघर्ष र नेवा मुक्ति माेर्चा काठमाण्डाैका अध्यक्ष डीएम रिहा भएका छन ।

पेट्राेलियम पदार्थमा भएकाे मुल्यवृद्दि विरूद्द नेपाल कम्युनिष्ट पार्टीले अायाेजना गरेकाे नेपाल बन्दलाइ सफल पार्न पर्चा वितरण गर्दै गर्दा अाज बिहान क्षेत्रपाटीबाट गिरफ्तार नेता डीएम र संघर्षलाइ ७ घण्टा पछि रिहाइ गरेकाे नेकपा काठमाण्डाै महानगर समितिले जानकारी गराएकाे छ ।

देउवा सरकारले पेट्राेलियम पदार्थमा गरिएकाे मुल्यवृद्दि विरूद्द नेपाल कम्युनिष्ट पार्टीले साता व्यापि संघर्षका कार्यक्रम गर्दै अाएकाे थियाे । अाजकाे नेपाल बन्द एेतिहासिक रूपमा सफल भएकाे पनि नेकपा काठमाण्डाै महानगर समितिले जनाएकाे छ ।

You can share this post!