पर्चा बाँड्दै गर्दा नेकपा महानगर नेता संघर्ष र डीएम गिरफ्तार

काठमाण्डाै – नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी काठमाण्डाै महानगर सिमितिका सेक्रेटरी संघर्ष र नेवा मुक्ति माेर्चा काठमाण्डाैका अध्यक्ष डीएमलाइ अाज बिहान काठमाण्डाैकाे क्षेत्रपाटीबाट प्रहरीले गिरफ्तार गरेकाे छ ।

देउवा नेतृत्वकाे सरकारले पेट्राेलियम पदार्थमा गरेकाे मुल्यवृद्दि विरूद्द एक हप्ता यता संघर्ष गर्दै अाएकाे नेपाल कम्युनिष्ट पार्टीले अाज नेपाल बन्दकाे अायाेजना गरेकाे थियाे । साेही नेपाल बन्दलाइ सफल पार्न शान्तिपुर्ण ढंगबाट पर्चा वितरण गरिरहेका उनलाइ प्रहरीले पक्राउ गरेकाे हाे ।

पार्टी र सरकार बिच भएकाे तीन बुँदे सम्झाैता विपरित सरकारले क्रियाकलाप गरेकाेमा नेकपा काठमाण्डाै महानगर समितिले अापत्ति जनाएकाे छ ।

You can share this post!