सुदुरपश्चिममा बाढी अपडेट १० काे मृत्यु २३ बेपत्ता

धनगढी – केही दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी सुदूरपश्चिममा १० जनाको मृत्यु भएको छ भने २३ जना सम्पर्कविहीन छन्। प्रदेश प्रहरी कार्यालयका अनुसार, डोटीमा आठ जना र डडेल्धुरामा दुई जनाको मृत्यु भएको छ। डोटीको जोरायल गाउँपालिका-३ का आठ वर्षीय आशिष कुन्जेडा, ११ वर्षीय सागर कुन्जेडा, १४ वर्षीय जोगी सार्की, ६३ वर्षीय शेरबहादुर विक, ४२ वर्षीय मोहन विक, १३ वर्षीया पवित्रा विक, १६ वर्षीय रविन विक र शिखर नगरपालिका–११ की ३६ वर्षीया मन्धरा बलायरको पहिरोमा परी ज्यान गएको छ।

यस्तै, डडेल्धुराका ३२ वर्षीय विष्णु अवस्थी र ५६ वर्षीया नरपता शाहीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। बाढी र पहिरोमा परी ६ जना घाइते भएका छन्। घाइते हुनेमा चार वर्षीय वीरबहादुर कुन्जेडा, ३३ वर्षीया वासुदेवी कुन्जेडा, सात वर्षीया बिन्दा कुन्जेडा, ५५ वर्षीया झुपरी सार्की र डडेल्धुराकी २५ वर्षीया देवकी रावल र सात वर्षीय ग्रिस रावल छन्।

बझाङमा गएको पहिरोमा २३ जना सम्पर्कविहीन छन्। बझाङको थलारा गाँउपालिका-४ डिख्लामा गएको पहिरोले घर पुरिंदा उजली पार्की, हासु पार्की, आयसु  पार्की, हिमा पार्की, सीमा पार्की, हर्क सार्की, धनगिरि सार्की, सीता सार्की, प्रभा सार्की, भूमिका सार्की, ईश्वरादेवी सार्की, सञ्‍जीव सार्की, शर्मिला सार्की, सुवास सार्की, विकास सार्की, मिकेस सार्की, मदन सार्की, कलु सार्की, एलिसा सार्की, कम्मा सार्की, सबिना सार्की, सरोज सार्की र सिम्जिबी सार्की सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

You can share this post!