बझाङबाट अायाे दुखद खबर पहिराेले पुरेर २३ जना बेपत्ता

धनगढी – लगातार परेको भारी वर्षाका कारण बझाङमा पहिरोमा परी २३ जना बेपत्ता भएका छन् । सोमबार राति अविरल वर्षाले  थलारा गाउँपालिका वडा नं ४ डिख्लामा गएको पहिरोमा परी स्थानीय गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका पाँच जना बेपत्ता भएका हुन् । गगने सार्की रोजगारीका लागी भारतमा छन् । उनका माइला छोरा काले सार्की मात्र हाल सम्पर्कमा आएका छन्। उक्त गाउँभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने सात घर पुरिएका छन् । तीन दिनदेखि संञ्चार सेवा पनि पूर्णरुपमा अबरुद्ध भएको छ । लगातार परेको भारी वर्षाका कारण सुदूरपश्चिमका डोटी डडेलधुरा र कञ्चनपुर बढी प्रभावित भएका छन् ।

हालसम्म सुदूरपश्चिम प्रदेशमा पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने २ घाइते भएका छन् । लगातार परेको भारी वर्षाका कारण डोटीको सायल गाउँपालिका–६ मेल्लेख बस्ने वीरबहादुर कुन्जेडाको घर भत्कन गई २ जनाको च्यापिएर मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय आदर्श डोटीका अनुसार मृतकको शव निकालिएको छ । यता डडेल्धुरामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ ।

You can share this post!