समाजसेवी खत्रीले अाफैबाट गरे जातिय विभेद अन्त्यकाे सुरूवात, हेर्नुस भिडियाेमा

भक्तपुर – समाजसेवी बाबूकृष्ण खत्रीले दलितहरुलाई आफ्नो घरमा प्रवेश गराएर छुवाछुत अन्त्यको सुरुवात गरेका छन् । भक्तपुरको चाँगुनारायण नगर पालिका वडा नं ८ स्थित आफ्नो घरमा खादा,टिका लगाई सम्मान पत्र सहित सामुहिक भोजन गराएर यसको सुरुवात गरेका हुन्। कानुनत नेपालको संविधानले छुवाछुतको अन्त्य गर्दै कुनै पनि विभेद गर्न नपाउने भनिएपनि व्यवहारमा अझै अन्त्य हुन बाँकी रहेकोले समाजले दलित भनिएकाहरुलाई आफ्नो घरमा प्रवेश गराएर खत्रीले सामुहिक भोजन गरेका हुन्।

धेरै पहिला देखिको आफ्नो सोचाईलाई पुरा गर्न पाएकोमा आफूलाई धेरै खुशी लागेको सिलिचुङ्ग टिभिलाई खत्रीले बताएका छन् । यस कार्यमा आफ्नो छोरा प्रज्वल खत्री लगायत परिवारले साथ दिएकोमा अत्यान्तै खुशी लागेको पनि बताएका छन्। मान्छे-मान्छे बिचमा जातले हैन उसले गर्ने व्यवहारले ठूलो-सानो हुने र अब यस्तो कार्य सबैले सबै ठाउँ गर्नु पर्ने खत्रीको भनाई छ।

सदियौ देखि विभेद सहि रहेका हामी दलित समुदायलाई यसरी स-सम्मान घर भित्र प्रवेश गराई सामुहिक भोजन गराएकोमा दलित प्रतिनिधिहरुले बाबूकृष्ण खत्री र परिवारलाई धन्यवाद दिएका छन्। मन्दिरमा प्रवेश गर्न, संगै धारामा पानि भर्न, घर भित्र पस्न र संगै बसेर खाने वातावरण अझै पनि दुरदराजमा नभएको अवस्थामा यो कार्यले सबैलाई सकारात्मक संदेश दिएको दलित प्रतिनिधिहरुको भनाई रहेको छ।

हेर्नुस उदाहरणिय कामकाे भिडियाे जस्ताकाे तस्तै

You can share this post!