प्रदेश सरकारले बढायाे सार्वजनिक यातायातकाे भाडा

काठमाण्डाै – बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले असोज २० गते गरेको निर्णयअनुसार उपत्यकाका सार्वजनिक यातायातले भाडा बढाएका हुन् । बढेको भाडादर अनुसार अब उपत्यकामा यात्रा गर्ने यात्रुले चढ्ने वित्तिक्कै १८ रुपैयाँ भाडा बुझाउनुपर्नेछ । यस्तै, काठमाडौं उपत्यकाका यात्रुले बढीमा ३५ रुपैयाँसम्म भाडा तिर्नुपर्नेछ ।

यसका साथै, प्रदेश सरकारले बागमती भित्र (उपत्यकामा चल्ने बाहेक) चल्ने यात्रुबाहक सवारी साधनको हकमा २३ प्रतिशत भाडा बढाएको छ । संघीय सरकारले असार २७ गते राष्ट्रिय राजमार्गमा चल्ने सवारी साधनको भाडादर २८ प्रतिशतसम्म बढाएको थियो ।

You can share this post!