बाढी पहिराेले सुदुरपश्चिममा ३ काे मृत्यु २ घाइते

धनगढी – सुदूरपश्चिम प्रदेशमा पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने २ घाइते भएका छन् । लगातार परेको भारी वर्षाका कारण डोटीको सायल गाउँपालिका–६ मेल्लेख बस्ने वीरबहादुर कुन्जेडाको घर भत्कन गई २ जनाको च्यापिएर मृत्यु भएको हाे ।

ईलाका प्रहरी कार्यालय आदर्श डोटीका अनुसार मृतकको शव निकालिएको छ । यता डडेल्धुरामा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका -१ भात्काँडामा पहिरोमा परी ३२ वर्षीय विष्णु अवस्थीको ज्यान गएको हो ।

You can share this post!