तन्त्र

गीतिकविता

लक्ष्मण चौलागाई विद्रोही 

छ कस्तो यहाँ विकास हाम्रो, सुन्नमा सिमित

भो कहिलेचैं होला देशबिकास हाम्रो, गरिबी तिब्र हो

 

जोशिला युवा देशका हिरा, खाडीकै दास भो

व्यवस्था हामी मालिक बन्ने, शासककै पेवा भो

 

अन्याय तिब्र भ्रष्टाचार हावी, लुटतन्त्र सवार भो

न्यायकै खोजी गरेर हिड्ने, यो तन्त्र कसको हो

 

अपांग घाइते छन् धेरै दुखी, उपलव्धि कसको हो

दुखी, गरिब, निमुखा पिडित खुसीचैं कसको हो

 

बजारभाउ यहाँ छ कति महँगो, कोहि विरोध गर्दैन

गरिबकोचुल्हो निभ्दैछ कति, कोहि बोल्दैबोल्दैन

 

हजारौ मरे हजारौं घाइते, कयौँ छन् विस्थापित

कहिलेचैं होला कसरी होला, सुशासन स्थापित !!

You can share this post!