म किसानको पिडा

●कविता

लक्ष्मण चौलागाई विद्रोही

किसानका झुपडी श्रमका भकारी

वर्ष दिन नपुग्ने गरिबका गृहमा ठाउ हुन्छ

हजुरलाई साघुरो नहुने पसिना दाना छुटाई

तिनले पेट पाल्छन किसानले

इमान्दार हुन्छन् परिश्रम गर्छन

ति हाम्रा पहिचानले न झरी मतलब

न बाढी बाधक काम गर्छन दिलैले

नबिराई राँटो नछोडी कतै खटिञ्छन

मेलैले हाड घोटी आफ्नो श्रम गर्छन

कस्तो हेर्नुस त किसानले

किसानी छोड्दै विदेशीए युवा सम्रिद्दी अभावले

असी लाख युवा खाडीका दास सम्रिद्दी प्रचार छ

करोडौं युवा काम बिहिन भए सरकार लाचार छ

झुपडीबाट निस्किए युवा जानलाई खाडीमा

महलबाट निस्किए नेता महँगो गाडीमा

खाडीमा युवा बेच्दछ श्रम पसिना सस्तोमा

नेपालमा किसान बेच्दछ अन्न लिन्छन पो

सस्तोमा विकल्प खै वस्तीलाई सरकार

जनताले सोध्दैन निर्वाचन पछि के चाहियो

जनता सरकारले भन्दैन आयात मात्र निर्यात शुन्य, खै

हाम्रो समृध्दी निर्यात बिना के गरि भन्यौ

सुख र सम्रिद्दी निर्यात बिना के गरि भन्यौ

सुख र सम्रिद्दी

You can share this post!

Next article