सहिद ,सत्ता, जनता र देश भगवान हुन्

■ लक्ष्मण चौलागाई विद्रोही

रुनु हुदैन, दुश्मनले बल पाउछ र खुसी हुन्छ

अब हामी नै हो हजुरको भाई कुमारहरु

हामी हाम्रो जीवन नढलेसम संगै उभिन्छौँ

बोलिरहनेछौँ जहा चाहिदैन रगतको नाता

यो दुनिया सबै भावनाको संवेग हो

यस्तै लाग्छ  र सुझाउन चाहन्छु

महान सहिदका परिवारलाई न्यायको निम्ति

जीवनको भौतिक अवसान नहोउञ्जेल

म लगायत सहिदका मर्मका शुभचिन्तकहरु

बर्गीय समभावमा हजुरहरुसंगै उभिनेछौं है !

गर्व गर्नुहोस ! महान सपुत जन्माउने आमा दुर्गादेवी

गर्व गर्नुहोस महान सपुत जन्माउने बुवा खिलकराज

गर्व गर्दै मन बलियो बनाउनुस महान् सपुतको भाई हरिकृष्ण

गर्व गर्नुहोस महान सपुतकी दिदि लक्ष्मी, सानु कान्छी दिदिहरु

गर्व गर्नुस महान् सहिदकी धर्मपत्नी कला पौडेल भाउजू

गर्व गर महान सहिदका सुपुत्र कुशल बाबु

हेर्नुस त,  हामी र हाम्रो मृत्यु आफ्नै आफन्तले भुलिदिन्छन्

हेर्नुहोस न हाम्रो मृत्यु सबैलाई थाहा नै नभई

भोली देखि नै बिर्सिने हुन्छ

तर उहा कुमारलाई कसैले पार्टीको सहिद भन्लान

कसैले संगठनको सहिद भन्लान हैन नि

सहिद सारा नेपाली जनता र राष्ट्रियताको चाहि हुन्

आज कुमार पौडेल म अपरिचित संग पनि

सयौं क्षितिज टाढाको मान्छेको मनमा गढेको छन्

हेर्नुहोस् न आज कुमार पौडेलको नाम सर्वोचले लिई राख्छ

हेर्नुस त आज कुमारका हत्याराहरुलाई

अदालतका दफाहरुले खोजिरहेको छ

हेर्नुस त आज कुमारको फोटो बोकेर

नारा लगाउने पनि देखिन्छ

कुमार एवं रितले उहाको इतिहासको

अजर र अमर कथाहरु लेख्दै हुनुहुन्छ

शुन्यताको अर्को स्वर्गबाट सारा संसार नियाल्दै हुनुहुन्छ

बागमती नगरपालिकामा मात्र उहाको भौतिक शरीर ढालियो

तर उहाको इतिहास नेपाल रहुन्जेल

धर्ती रहुन्जेल कहिल्यै मर्ने छैन

सहिद राष्ट्रका सम्मानित सम्मान हुन्

सहिदको नाम नलिई आज कोहि सिंहदरबार जान पाउदैनन

त्यहा मध्ये कुमारको बलिदानी र सहादत्त

आज पूर्व गृहमन्त्री देखि पूर्व प्रहरी महानिरीक्षक समलाई

हम्मे हम्मे परेको छ

(पाप धुन ) अहिले सर्वसत्तावादको अधिनायकत्व चल्ने

संविधान छैन अहिले अपराध र कर्तुतका दफा

निर्मम बन्नुपर्ने सन्देशमा कुमारको बलिदानी

हत्याराको निंद हराम गर्यो

थुप्रै कुमारका हत्या भैरहेको थियो

तर कुमार पौडेलको हत्या सुकुम्बासीको ओत च्यात्ने दुसाहस थियो

कुमारको असहमतीमा हत्या थपियो सुकुम्बासीको ओतको सपना

कमरेड कुमार पौडेल अमर रहुन्

You can share this post!