प्रिय सहिद कुमार पौडेल

कविता

लक्ष्मण चाैलागाइ विद्राेही

“उज्यालो बन्दै चन्द्रमा संग

प्रिय सहिद कुमार पौडेल”

आमा न्यायको लडाइ लड्दै गर्दा

आमाका माझ खबरहरु पुगे

त्यसले तिमीलाई विक्षिप्त नै बनाएन

अध्यारोलाई उज्यालो बनाउने

तिम्रो सपनामा तिमीलाई

क्रुरतापूर्वक मारिदा

तिम्रा सपनाका बक्यौता

दियो निभाइदिनेहरु हावी भए तर,

महान सहिद तिम्रो न्यायको खातिर

मार्गहरु प्रशस्त हुदै गएका खबरले

असाध्यै उत्साहित बनाएको छ होला

तिम्रो त्यो महान विरताले ढलेको

शरिर छोडेर मुक्तिको स्वर्गमा

आत्मा उड्दै होला

तिम्रो आत्मालाई दुखीरहेको छ होला

प्रिय सहिद, तिम्रा मर्म विधिका विधानसँग

सिर्फ तिम्रो घरले लड्दै छ

तिम्रो महानताको अपमान गर्ने छुट

संसदीय विधानलाई कहा छ र

विधिको विधान संग मुलुकको

संविधानको दफासंग निर्णय माग

सर्वोच्च पुगेकोले तिम्रो दुखिरहेको आत्मामा

अलिक सितल अनुभूत हुदैगरेको होला

उड्दै जाउ बायु वेगले अनि

हेर त तिमि आकाशको तारा भैसकेउ

उज्यालो बन्दै चन्द्रमासंग

प्रिय सहिद कुमार पौडेल

You can share this post!