कविता
लक्ष्मण चौलागाईं विद्रोही
कति ढले कति मरे कति गायब पारे
दुखिगरिब असहायको अस्थिपन्जर पुरे
दोषी थिएन निर्दोषको गोली ठोकी मारे
संलग्न कहिँ थिएन छाती चिरी मारे
संलग्न कहिँ थिएन छाती चिरी मारे ………..
श्रमका नदि बहाएर छाक टार्नेलाई रेटे
सामन्ती भ्रष्ट दलाल समकक्षी पो देखें
सुदिन ल्याउन ढल्नेहरु बेखबर पारे
सहिद मर्मको इतिहासलाई भ्रुण भित्रै मारे
सहिद मर्मको इतिहासलाई भ्रुण भित्रै मारे ………….
वदलिएन खै अवस्था देशलाई निराश पारे
समृद्दि नारामा युवा खाडी सारे
कर तिर्दै जनता यहाँ नेता धनी पारे
नेता धनी जनता गरिब अलपत्र पो पारे
नेता धनी जनता गरिब अलपत्र पो पारे ………
ठुलालाई चैन छ यहाँ सानालाई ऐन
समानताको भाषण मात्रै विधि केहि नि छैन
जनता मालिक सत्ता सेवक बनाउने हो
कहिले खाडीमा लाखौँ बेचिए
चिन्ता गर्ने कहिले
खाडीमा लाखौँ बेचिए चिन्ता गर्ने कहिले………..
रेमिटेन्समा छैन सरकार
मुलुकको सम्रिद्दी एमसिसिमा छैन सरकार
देशको अभिवृद्दी विदेशीका अनुदानले देश गरिब भयो
रेमिटेन्सको रगतको सराप लाग्न थाल्यो
रेमिटेन्सको रगतको सराप लाग्न थाल्यो ……
आफ्नै युवा आफ्नै जनता आफ्नो देश बनाउँ
जाग यूवा जाग जनता आफ्नो देश जोगाउँ
देश रहे जनता रहन्छन् जनता रहे नेता
देशभक्ति जोगाउनलाई उठ अब युवा
देशभक्ति जोगाउनलाई उठ अब युवा …….
देवभूमि जन्मभुमी कर्मभूमी देश
यो वीरताको इतिहासमा वीरले जोगाको
जय देश जय जनता जय जय
साथी कोहि छैन यो धर्तीमा देशभन्दा माथी
कोहि छैन यो धर्तीमा देशभन्दा माथी……… !!