देश बनाउने नयाँ संकल्प

बेद बाेहरा

देश निर्माणमा लाग्ने हाे भने हामी सम्पुर्ण नेपालिहरु एक ठाउँमा अाउनु जरुरी छ । याे देशलाई विश्वकाे एक विकसित समुन्नत राष्ट्र बनाउने सपना बाेकेर सबैले विगतका अा- अाफ्ना राम्रा नराम्रा कमि कमजोरी इतिहासलाई विर्सनु जरुरी भैसकेकाे छ । अब इतिहासका कथाले देश वन्न सक्नेवाला छैन । सबैका अा- अाफ्ना ईतिहास हाेलान ती सबै बिर्सेर वर्तमानमा याे देशकाे अवस्था आवश्यकताकाे मन्थन गर्न जरुरी छ । कम्तीमा पनि अबकाे १० बर्षमा याे देशलाई कहाँ र कस्तो अवस्थामा पुर्याउने हाे त्यसकाे एउटै साझा संकल्प सहित अग्रगामी सचेतता बनि, बनाएर अघि बढ्नु अपरिहार्य छ।

याे देशका जिम्मेवार राजनितिक दल, नेताहरुले अब चुनावि राजनिति छाेडेर समुन्नत राष्ट्रकाे लागि हातेमालाे नगर्ने हाे भने राष्ट्र र राष्ट्रियता माथि नै अप्ठ्यारो पर्ने पक्का देखिन्छ। अझै हामिले हाम्रो विगत माथि गर्व गर्दै बस्ने हाे भने भ्रष्टाचारकाे नाममा हाेस वा हिजाेकाे जस्तो पद्धतिमा राजनीतिक संस्कार, बिकास निर्माण,जनजिविका, मजदुर, राज्य संचालन इत्यादिको कडीलाई आत्मसात नगरी हिजोका कामकारबाहीको पद्धतिमा रुमलियर ब्यानर, भासण, खादा माला, चाकडी, गोजीमा नागरिक्ता बोकि राजनीति चाकडी लाई प्रसय दिदै गएमा रार्ष्ट्रिय, अन्तर्राष्ट्रिय, बिस्तारवादी, पश्चिमाशक्ति दलाल विराेधिहरुले साेझासाझा अशिक्षित राजनितिक चेतना शुन्य र निरासाले भरिएका नेपाली जनताकाे मनमा डुबुल्की मार्ने अवसर प्राप्त गर्नेछन्।

अनि नत त्यसले राष्ट्रलाई फाईदा पुग्ला नत राजनितिक दल अनि तिनका नेतालाई त्यसैले याे देशका अहिलेका जिम्मेवार राजनितिक दल र तिनका नेताहरु याे राष्ट्र र जनताकाे भविष्य उज्यालो बनाउने सपना बाेकेर हिडेकै हुन भने अझै पनि ढिलाे भएकाे छैन रार्ष्ट्रिय सहमति सहित हातेमालाे गर्न तयार बन्नुहाेस् बन्नै पर्छ । याे नेपाल राष्ट्रकाे भविस्य उज्ज्वल छ। मैले नगरे कस्ले गर्ने, हामीले नगरे कस्ले गर्ने, हामी न बोले कस्ले बोल्छ ? हामी बोल्नै पर्छ भन्ने सकारात्मक साेंच भावना र रार्ष्ट्रिय एकताका लागी अघि बढाै।सकारात्मक सुझाव सहित नेपाल र नेपालीका लागी सबै एकमत बनौं । साम्राज्यवाद ,बिस्तारवाद, पश्चिमी शक्तिलाई निरुत्साहित गर्दै समुन्नत देशका लागी प्रण गरौं ।

You can share this post!