डा. लक्ष्मी पौडेल
२०७८ साल भाद्र १७ गते बुबाको १३ दिनको काम सकिएपछि लगत्तै घरमा भगवत पुराण गर्ने कुरा तय भएको थियो। बैनि बिभा हस्पिटलको जागिर र म पनि लामो समय अफिस नगएकोले भागवत पुराणमा नबसि भोलिपल्टै काठमाडौं फर्किने तय भयो । हामि चार जना म, मेरो श्रीमान, भाइ बिबेक र बैनि बिभा काठमाडौं आउने , सीता बैनि र पार्बती दिदि पनि सगै बुटवल सम्म आउने तय भए अनुसार १८ गते भाद्र बिहान ६.३० बजे घरबाट हिडियो। गाडि हामिले रिजर्व गरेको जस्तो नै थियो, डा्इङभर भाइले सिट भएकोले थप दुई जना गाडीमा राख्नु भएको थियो। दुइ दिन अगाडि ३दिन सम्म पहिरोको कारणले बुटवल गुल्मीको बाटो बन्द र अस्तव्यस्त थियो।
बुटवल पुगिन्छ कि बाटोमा बस्नुपर्ने हो भनि मनमा कुरा खेलिरहेका थिए। त्यसैले गाडि ट्वाइलेटको लागि पाल्पा तानसेनमा रोकेको बाहेक सरासर कहि नरोकिकन बुटवल आयौ। बाटोमा कहि डिस्टर्भ पनि भएन, सजिलो सग नरोकिकन बुटवल बिहान ११ बजे तिरै आइपुगियो। भैरहवा काठमाडौंको प्लेनको टिकट सिद्धबाबाकाे अफ्ठारो काटेपछि लिने भन्ने थियो किन कि बाटोको केहि भर थिएन, तर त्यस्तो भएन। बाटोमा अवरोध नभए पछि भैरहवा काठमाडौंको प्लेनको टिकट बुझेको दिउसोको बुक पुरा रहेछ, चार जनालाइ एउटै प्लेनमा टिकट पाइएन, बेलुका ५.१५ को श्री एयरमा एक जना र ७.१७ को बुद्ध एयरमा तिनजनालाइ टिकट काटियो।
बुटवल शंखरनगर दिदिकोमा गयौं खान खाने र दिनभरिको बसाई त्यहि नै भो। चारै जना सगै भैरहवा एयरपोर्टमा आयौं। सबैजसो प्लेनहरु समयमा नउढेकोले एयरपोर्टमा निकै भिडभाड थियो। हाम्रो पनि ७.१५ को उढान लगभग १ घण्टा जति ढिला भयो, काठमाडौं घर आइपुग्दा लगभग रातिको १० बजि सकेको थियो । मैंले शरिरमा दुखान र थकान भएकोले बाटोमा २ पटक सिटामोल खाएको थिए। घर त अाइयो तर शरीरमा अलस्य थियो,जागर केहि थिएन खान मन पनि थिएन, एक गिलास दुध र जागर नलागि नलागि थोरै खान खाएर सुते। मेरो योजना शुक्रबार काठमाडौं पुग्ने, शनिबार र आइतबार दुइ दिन थकान मेटि सोमबारबाट अफिसको नियमित काम सुरु गर्ने थियो। शनिबार बिहान उठ्दा शरीरमा दुखान र थकान उत्तिकै थियो, जागर थिएन, दिनभर घरमै सुतेर बित्यो।
शनिबार बिहान वाग्मती सफाइमा पनि जान सकिन। आइतबार अलि जागर चल्छकि भनेको केही शुरनै छैन। बुबाको १३ दिनको काममा बसेको शारीरिक र मानसिक थकान र तनाब त थियो नै, काजक्रियाका विधिविधान, दाजु, भाउजु, आमाहरु कृयामा बसेकोले केहि व्यवस्थापनको पाटो पनि हेर्न पर्ने थियो अादि आदि। खानपिनको तालमेल पनि हुने कुरा भएन। शरीरमा थकान सहित हल्का खोकि पनि थियो, साहेद दैनिक चिसो पानीले नुहाएर होला, यस्तै खाले आफ्ना अड्कलबाजी मनमा भैरहेको थिए। यसो बिचार गरे एकजना फिजिसियनलाइ देखाउन पर्यो। बिहान एभरेष्ट हस्पिटल बानेश्वरमा फोन गरे, ११-३ बजे सम्म गर्तौला डा. साब आउनुहुन्छ भन्ने थाहा भयो।
मलाई हस्पिटलमा गएर धेरै बेर कुरेर बस्ने जागर थिएन, डा. आएपछि बिरामीको चाप हेरेर हस्पिटल जाने तयारीमा थिए। ११ बजेपछि फोन गरे, रिसेप्सनमा बोल्ने बैनिले डा. साब आउदै हुनुहुन्छ, अनि तपाईंलाइ के भएको हो भन्नु भयो, मैंले भने जेनेरल चेकअपको लागि हो, अलि अलि खङ खङ छ, शरिर हल्का दुखेको छ। बैनिले भन्नु भो, पिरिआर टेस्ट गर्नुभएको छ? पिसिआरको रिपोर्ट नभइ त डा. साबले हेर्नुहुन्न। मैंले भने २ हप्ता पहिला त गराएको थिए नेगेटिभ थियो, यो एक दुई भित्र गराएको छैन। बैनिले फेरि भन्नु भो एन्टिजेन टेस्ट गरे पनि हुन्छ, यहाँ पहिला एन्टिजेन टेस्ट गरेर डा.साब लाइ जचाउन सकिन्छ। यो सम्वाद पछि मैंले फोन राखे। मैंले दुई डोज खोप लगाइ सकेको थिए। खोप लगाएकोलाइ एन्टिजेन टेस्टमा पोजेटिभ तर पिसिआर नेगेटिभ आएका धेरै घटना सुनेको थिए, मेरो घरमै माइलो दाजुलाइ पनि त्यस्तै भएको थियो।
अब मैले फिजिसियनलाइ देखाउनको लागि पहिला पिसिआर गर्न पर्ने भो। कहाँ गर्ने भनि गुगल सर्च गरे, सरकारले स्विकृती दिएको मध्ये स्टार हस्पिटलमा गएर नमुना दिएको राति ९.३० बजे अनलाइनमा रिपोर्ट राखेको रहेछ, त कोभिड पोजेटिभ सिटि भ्यालु २४.६ रहेछ। हतार हतार गुल्मी दाइलाइ फोन गरे, घरमा कसैलाइ केहि लक्षण छ कि भनि, घरबाट सगै आएको बुटवल तामनगर बैनिलाइ गरे, उनले अहिले सम्म त केहि भएको छैन भनिन्, काठमाडौं सम्मको सगै यात्रा गर्ने बिभा बैनिलाइ फोन गरे, उठेन, भाइलाई फोन गरे, भाइले भने मलाई त केहि भएको छैन, बिभाले एकदम गले, थकाइ लाग्यो खाएको थाल माझ्न पनि सकिन, माझ्नु है भनेर सुत्न गइ भने। धेरै राति भैसकेकोले बुटवल दिदिलाई भोलि पल्ट बिहान फोन गरे, केहि भएको छैन भन्नु हो।
गुल्मी घर र बुटवल दिदि बहिनिलाइ केहि लक्षण नदेखिएकोले अलि ढुक्क त भो तर सगै काठमाडौं यात्रा गरेकालाई के हुने हो मनमा डर डर लागिरहेको थियो। भोलिपल्ट बिहान डा. रोसन कुमार झा सग सल्लाह लिने कुरा भो, वहाँ सग कुरा गरे वहाँको क्लिनिक सोल्टी मोड रबि भबन रहेछ ८ बजे भित्र आइपुन्न भन्नु भो त्यही अनुसार रबि भबन म, श्रीमान र छोरी तीनै जना डा. रोसनसग जचाउँने काम भयो। डाक्टर साब असाध्यै राम्रो हुनुहुँदोरहेछ, बिरामीको कुरा सुन्ने र काउन्सिलिङको पाटोमा। डाक्टर साबको सल्लाह अनुसार मैंले छ किसिमको रगत जाँच गर्न दिए, mild Covid हुदा खाने औषधी पनि सुझाउनु भो मेरो लागि भने छोरि र श्रीमानको पिसियार टेष्ट। मेरो रगतको नमुना दिएर, श्रीमान र छोरिको कोभिडको पिसियार टेस्ट गर्न त बाकि नै थियो।
झा डाक्टर साबको क्लिनिकमा पिसिआर टेष्ट त हुने रहेनछ तर बोलाएर पिसिआर टेष्ट गर्ने, अन्य ल्याब,र घरमै आएर टेष्ट गर्ने सम्मको सम्पर्क नम्बर रहेछन्। उपलब्ध नम्बरमा सम्पर्क गर्दा त्याहाँ आएर पिसिआर गर्न १.३० पर्खनु पर्ने भएपछि, क्रिस्टल ल्याब सिनामंगलमा रु १५०० मा तुरुन्त टेष्ट हुन्छ भन्ने थाहा भयो अनि हामि सिनामंगल तिर लाग्यौ, गाडि पार्किङ रहेनछ, पार्क गर्ने ठाउँ खोज्दा खोज्दै बैनि बिभालाइ पिसिआर टेष्ट भयो भनेर फोनमा सोधे, सिभिल हस्पिटलमा गर्न लागि राखेको छु, रु १००० मा गर्ने रहेछ भनेपछि हामि सबै सिबिल अस्पताल तिर हुइकियौं। छोरि, श्रीमान, भाइ बिबेक र बैनि बिभा चार जना पिसिआर टेष्ट गर्न दिएर फर्कियो। बाटो भरि मनमा एकतिर आधारभूत स्वास्थ्य मौलिक हक रुपमा संविधानमा छ अर्को तिर कोभिडको पिसिआर टेष्टको रकम हस्पिटल पिच्छे किन फरक भएहोला ?
हिजो मैले स्टार हस्पिटल सरकारबाट स्वीकृत पाएको जहाँ धेरै जना बिदेश जाने मानिसहरू हातमा पासपोर्ट लिएर पिसिआर टेष्टको लाइनमा थिए त्याहाँ टेष्टको रु २०००, क्रिष्टल ल्बाव सिनामंगल रु १५००, र सिभिल हस्पिटलमा रु १०००। सिभिल हस्पिटल त सरकारी भयो र सस्तो भएहोला तर एउटै जाँच पनि प्राइभेट बिच फरक फरक किन ? मनमा यो पनि व्यापार नै भएछ भन्ने लाग्यो। म आफै थाहा नपाएर रु २००० तिरे, यस्तै मारमा अरु कति छन् होला कति? केही डाक्टर साब र नजिकको व्यक्तीहरुलाइ यो कुरा सुनाए, खै यस्तै छ जताततै, प्राइभेटले आफ्नो लगानी उठाउन होला सरकारबाट नियन्त्रण छैन भन्ने आयो।
२. मेरो त कोभिड पोजेटिभ थियो नै,बाकि म सगै यात्रा गरेका भाइ, बैनि, श्रीमानको पनि कोभिड पोजेटिभ देखियो । अब दैनिकी उथलपुथल भयो, आइसोलेसनमा बस्ने, डाक्टरको सल्लाहअनुसार औषधी खाने, झोलिलो पोषिलो खाना खाने, २ दिन बिराएर रगत जाँच गर्ने आदि आदि। खोकि लागि रहेको थियो, शरीरमा जागर कत्ति पनि थिएन, खान मन पटक्कै नलाग्ने थियो मलाई। तर म खानालाई औषधीको रुपमा पेलिरै खाइ रहे। अलि अलि खोकि त थियो, शरीरमा जागर कम भएपनि दिनानुदिन अलि ठिक भएको महसुस भएको थियो। उता मेरो श्रीमानलाई भने एकदिन हल्का ज्वरो अायो, दुइदिन जति जागर छैन भन्नु भयो अरु खास लक्षणहरू देखिएन, खाना पनि राम्रै खानु भैराखेको थियो। भाइ बिबेबलाइ खासै असर देखिएन। बैनि बिभालाइ केही दिन सम्म अलि अलि गाह्रो भयो, अनि ठिक भयो। हामि सबै डाक्टरको सल्लाह अनुसार औषधि र खानपिनमा ख्याल गरि १४ दिन अाइसोलेसनमा बितायौं।
कोभिड पोजेटिभ देखिएको १४ दिनको दिन रगतको रिपोर्ट सहित रोसन डाक्टर साहेबको क्लिनिकमा गयौं। सबै रिपोर्ट हेर्नुभयो, त अब ठिक भयो, पोसिलो खाने, आराम गर्ने, ३ महिना जति रगत पातलो बनाउने औषधि एस्प्रिन खानु, अरु केही गर्न पर्दैन भन्नु भयो । सबै जना खुशि हुदै क्लिनिक बाट फर्कियो। भोलिपल्ट बाट मैंले अफिसियल केहि महत्वपुर्ण भर्चुवल मिटिङहरुमा जोडिन थाले, घरमै बसेर केहि कम्प्युटरमा काम गर्न लागे। बोल्दा अलि खोकि लाग्थ्यो, बोल्ने काम अलि कम गरेको थिए। अब ठिक हुनलाग्यो भन्ने लाग्न लागेको थियो। तर तीन दिन पछि मलाई खोकि बढ्न थाल्यो, शरिर भरि सिगोले रोपे जस्तो सिल्का हान्न थाल्यो, ज्वरो अाउन लाग्यो। अक्सिजन नियमित हेरिरहेको थिए, अक्सिजनको लेबल भने ठिक थियो। खोकिको औषधि र सिटामोल खाएर ठिक हुन्छ कि भनि एकदिन सुते। अफिसका अलि अलि सुरुवात गरेका काम पनि बन्द गरे। तर ज्वरो १०१ भन्दा बढि, खोकि र शरिर दुखाइ बढ्न थाल्यो, निको हुने चाल देखिएन।
मलाई लाग्यो शरिरमा केहि गडबडी छ, डाक्टरको सल्लाह लिनुपर्ने भयो। कोभिड पछिको छातिमा केही कम्प्लिकेसन आयो कि छाति रोग बिषेशज्ञ साथै शिक्षण अस्पतालको कोभिड संयोजक डाक्टर सन्त कुमार दासलाइ देखाउने पारिवारिक सल्लाह भयो। वहाँलाइ कोभिड सम्बन्धि प्रबचनमा वाग्मती सफाइ र काठमाडौं रुरुको कार्यक्रममा ल्याएका थियौं, वहाँको प्रबचन र व्यवाहारिक अनुभव बाट म प्रभावित थिए। ग्रिनसिटी अस्पतालमा डाक्टर दास बेलुका ४.३० बजे आउनुहुन्छ भन्ने थाहा पाए पछि बेलुका ग्रिन सिटी अस्पताल गए। डाक्टर साहेबले पहिलाका सबै रिपोर्ट हेरेपछि भन्नु भयो ज्वरो आउन नहुने, एक पटक सबै टेष्ट गरौं। फेरि ६-७ थरि रगतको जाँच, छातीको एक्सरे, पिसाब जाँच आदि आदि। सिटामोल र खोकि को औषधि लिएर बाकि ल्याबको रिपोर्ट भोलिपल्ट आउने र डाक्टरलाइ देखाउने भनि बेलुका घर फर्कियो। भोलिपल्ट बिहान मलाई अलि च्यापिरहेको थियो, ज्वरो १०२ भन्दा बढी, शरिरमा दुखाइ र खोकि उस्तै।
मलाई ल्याबको रिपोर्ट हेर्ने हतार थियो। हस्पिटलमा अनलाइन रिपोर्ट पठाउन केही सिस्टमले काम गरेको छैन भन्नु भयो। अरु नभए पनि दुइ वटा CRP , D-Dimer को रिपोर्ट भाइवरमा पठाएर सहयोग गर्न अनुरोध गरे, रिपोर्ट आयो दिउसो २ बजेतिर। रिपोर्ट हेरेको त दुबैको रिजल्ट रेन्जभन्दा तलमाथि रहेछ। पहिला पनि यि टेष्टहरु तिन पटक गरिसकेकोले मलाई तुलना गरेर हेर्न सजिलो भयो। केही गडबड छ भन्ने अनुमान भयो। तुरुन्त डाक्टर हरिहर खनाल दाइलाइ फोन गरे। दाइले भन्नु भो यो रगतको रिपोर्ट हेर्दा भर्ना हुनपर्ने हुनसक्छ, कहाँ हुने घर सल्लाह गर्नपर्यो, आज शुक्रबार हो आज तुरुन्त भर्ना हुनपर्ने भए अहिले नै तयारी गर्नपर्छ, थप जटिलता आउनदिनु हुदैन, छातीको रिपोर्ट हेरे पछि डा. सन्तले के भन्नुहुन्छ त्यही गर्ने तर भर्ना हुनुपरे पनि तुरुन्त भर्ना हुनका लागि हस्पिटल खोज्ने, बेड छ छैन बुझ्न पर्यो भन्ने भयो।
छातीको एक्सरेको रिपोर्ट, सबै टेष्टको रिपोर्ट डा. सन्त लाइ देखाएर जटिलताको आकलन गरि भर्ना हुनु पर्ने, नपर्ने, भर्ना हुनपर्ने भए, हस्पिटल र बेडको उपलब्धता बुझ्ने काम प्राथमिकतामा आयो। अब जति सक्दो छिटो डाक्टर लाइ भेट्न पर्ने थियो। ४.३० बजे बाट डा. सन्तले ग्रिन सिटी मा आउनुहुन्थ्यो ४ बजे नै हस्पिटल पुग्ने गरि घरबाट हिडियो। ल्याब र एक्सरेको सबै रिपोर्ट लिएर डाक्टरको पर्खाइमा बसियो, हस्पिटलमा धेरै भिडभाड बल्ल ५.३० बजे पालो आयो। डाक्टर साहेबले सबै रिपोर्ट हेरेपछि छातिको एक्सरे ठिकै छ, तीन हप्तालाइ घरमै बसेर खाने अौषधि चलाउनु पर्यो, एउटा औषधी अहिले नै केही खाएर तुरुन्त खानु, ७२ घण्टा भित्र ज्वरो आए तुरुन्त हस्पिटल आउनु भन्नु भो। हस्पिटल तुरुन्त भर्ना हुनेकुरा बाट छुटकारा मिल्यो।
सन्चो नभएर डाक्टरको सल्लाहअनुसार चलेको आज ३० दिन भएछ, जीवनमा पहिलो पटक यति लामो समय सम्म सन्चो नभएर सुतेको।थप औषधि खाएको आज आठ दिन भयो। यो बिचमा ज्वरो आएको छैन, खोकि निकै कम भएको छ। तर औषधिको साइडईफेक्ट होकि, खुट्टाको पैताला आगोको भुरोमा राखे जस्तो हुन्छ, कमजोर महसुस भएको छ, बेला बेलामा पसिना आउछ, हातको नशामा केहि दुखान छ, औषधिको कारणले सुगर अलि बढेछ, मस्त निद्रा नलाग्ने तर झुम्म हुने जस्ता लक्षणहरू देखिइरहेका छन्। सुखद कुरा खाना रुचेको छ, ज्वरो अाएको छैन, पुरा आराम गरिरहेको छु, छोटा छोटा योगा अभ्यास गरिरहेको छु। अहिले चलिरहेको औषधि अझै दुई हप्ता खान बाकि नै छ, देखिएका साइडइफेक्ट कम गर्नुछ। छिट्टै निको हुने आशामा छु, तर कहिले भनेर भन्न गाह्रो छ।
जीवनमा पहिलो पटक एक महिना बिरामी भएर घर र हस्पिटल गरेको, घर र बिस्ताराको चौघर भित्र बसेको अनुभव लिइरहेको छु। यो अवधिमा मेरो परिवार, अफिस, साथी, शुभचिन्तकको सहयोग, माया र सद्भावले निको हुनको लागि उर्जाको काम गरेको अनुभूति भएको छ। मेरो यो अनुभवले यहाँहरु पनि सहयोगि हुनेछ भनेर धेरै पटकको जमर्को पछि मेरो अनुभव, भोगाइ र गराइ यहाँहरु सामु पस्के। समग्रमा के भन्न चाहनुहुन्छ भने कोभिडको केस आफुले मात्र सतर्कता अपनाएर हुने रहेनछ, यसका जटिलता व्यक्ति पिच्छे फरक हुने रहेछन्। कोभिड पछिको कम्प्लिकेसन पनि देखिने रहेछ, लक्षणको आधारमा उपचार हुने भएकाले जटिलता र पुर्ण स्वस्थ हुने अाकलन गर्न अलि गाह्रो रहेछ। तपाईं हामी सबै सचेत र सतर्क रहौं, सुझाएका मापदण्ड सबैले पालना गरौं। कोभिड केहि हैन, रहेनछ नभनौं। यसको भुमरी र जटिलतामा फसेपछि निस्कन निकै मेहनत गर्नुपर्ने रहेछ ।