एमसीसी सम्झाैताकाे विरूद्दमा नेवा मुक्ति माेर्चाले काठमाण्डाैमा उडायाे बेलुन

काठमाण्डौ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनष्टि पार्टी निकट नेवा मुक्ति माेर्चा काठमाण्डाैले आज एमसीसी सम्झौता खारेज गर लेखिएको कालो व्यानरमा बेलुन बाँधेर उडाएको छ । एमसीसी सम्झौता खारेजीको माग सहित नेपाल कम्युनिष्ट पार्टीले साता व्यापि संघर्षका कार्यक्रम घोषणा गरेको थियो ।

No description available.

नेवा मुक्ति माेर्चाका काठमाण्डाै जिल्ला अध्यक्ष दिपक मानन्धरकाे नेतृत्वमा काठमाण्डाैकाे थैँटी चाेकमा बेलुन उडाइएकाे नेवा मुक्ति माेर्चाले जनाएकाे छ ।

No description available.

सोही कार्यक्रम अन्तर्गत आज विरोध स्वरुप कालो व्यानरमा बेलुन बाँधी आकाशमा उडाएको नेवा मुक्ति माेर्चा काठमाण्डाैले गराएको छ ।  एमसीसी सम्झौताको विरुद्धमा आयोजित विरोध सभालाई सम्बोधन गर्न करिब ५ बर्ष पछि सो पार्टीका महासचिव नेत्र विक्रम चन्द उपस्थित हुने हुँदा एमसीसी सम्झौताको विरुद्धमा ऐक्यवद्धता जनाउन भोलीको कार्यक्रममा आम जनतालाई उपस्थितिको लागि अपिल पनि गरेको छ ।

No description available.

You can share this post!