एमसीसी सम्झौता विरुद्ध नेकपा काठमाण्डौ महानगरले एकैपटक सात ठाउँबाट उडायो कालो व्यानरमा बेलुन

काठमाण्डौ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनष्टि पार्टी काठमाण्डौ महानगर समितिले आज एमसीसी सम्झौता खारेज गर लेखिएको कालो व्यानरमा बेलुन बाँधेर उडाएको छ । एमसीसी सम्झौता खारेजीको माग सहित नेपाल कम्युनिष्ट पार्टीले साता व्यापि संघर्षका कार्यक्रम घोषणा गरेको थियो ।


सोही कार्यक्रम अन्तर्गत आज विरोध स्वरुप कालो व्यानरमा बेलुन बाँधी आकाशमा उडाएको नेपाल कम्युनिष्ट पार्टी महानगर समितिले जानकारी गराएको छ । राष्ट्रघाती एमसीसी सम्झौता कुनै पनि हालत मा पास गर्न नदिने भन्दै त्यसको लागि जस्तोसुकै संघर्ष गर्न पनि तयार रहेको सो पार्टीले जनाएको छ । एमसीसी सम्झौताको विरुद्धमा आयोजित विरोध सभालाई सम्बोधन गर्न करिब ५ बर्ष पछि सो पार्टीका महासचिव नेत्र विक्रम चन्द उपस्थित हुने हुँदा एमसीसी सम्झौताको विरुद्धमा ऐक्यवद्धता जनाउन भोलीको कार्यक्रममा आम जनतालाई उपस्थितिको लागि अपिल पनि गरेको छ ।

एमसीसी सम्झाैताकाे विरूद्दमा विराेध स्वरूप काठमाण्डाै महानगरले महानगरका सात वटा ठाउँबाट एकै पटक कालाे व्यानरमा बेलुन उडाएकाे थियाे । जसमा संघर्षकाे नेतृत्वमा भुरूङखेलमा, विश्वप्रकाशकाे नेतृत्वमा चक्रपथमा, कमलकाे नेतृत्वमा काेटेश्वरमा, अदृश्यकाे नेतृत्वमा बल्खुमा, दिपक मानन्धरकाे नेतृत्वमा थैँटीचाेक लगायत ठाउँमा बेलुन उडाएकाे हाे ।


You can share this post!