नेकपा निकट प्रवासी माेर्चा कर्नाटक राज्य समितिले संयुक्त रूपमा गर्याे अार्थिक सहयाेग

भारत – विप्लव नेतृत्वको नेकपाको प्रवास संगठन प्रवासी नेपाली जनसमाज भारत कर्नाटका राज्य समिति केअार पुरम नगर समिति अन्तर्गत ४ वटा नगर समितिका साथीहरूले विरामीलाइ अार्थिक सहयाेग गरेकाे छ ।
नेपाल घर नरहरि नाथ गाउँ पालिका कालिकोट हाल बसाइँ मोहोन्याल गाउँ पालिका र भारतको कर्नाटका राज्य बैङ्गलोर वानसवाडी बस्ने एरिया सदस्य लोकेश देउवाको छोरा दुर्गेश देउवा ब्लड क्यान्सरले सकिस्त बिरामी भएको हुदा उपचार गर्न अार्थिक अवस्था कमजोर भएकोले प्रवासी नेपाली जनसमाज भारत कर्नाटका राज्य संयोजन समिति केअार पुरम नगर समिति अन्तर्गत अायप्पा नगर, अल्फा गार्डेन, दामचन्द्र र बानसवाडी एरिया समितिको संयुक्त पहलमा केन्द्रीय सदस्य तथा नगर अध्यक्ष देबेन्द्र रावलको उपस्थितिमा 15700 नेपाली रुपैयाँ २५४२० अार्थिक सहयोग हस्तान्तरण गरिएको छ । पीडित बिरामीका बुबा लोकेन्द्र देउवाले सहयोग गर्ने सम्पूर्णलाइ धेरै धेरै धन्यवाद दिदै खुशी व्यक्त गरेका, प्रवासी नेपाली जनसमाज भारत कर्नाटक राज्य समिति अन्तर्गत बानसवादी एरिया भुपुअध्यक्ष जीवन बोगटीले जानकारी दिएका छन् ।

You can share this post!