नेकपा प्रवासी माेर्चा भारतमा काेकाेनट गार्डेन एरिया समिति गठन

भारत – नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी निकट प्रवासी माेर्चा प्रवासी नेपाली जनसमाज भारत कर्नाटका राज्य समिति के अार पुरम नगर समिति कोकोनट गार्डेन एरिया समितिको एसिया भेला बाट अध्यक्ष मिलन बरालको अध्यक्षतामा प्रमुख अतिथि प्रवासी नेपाली जनसमाज भारत केन्द्रीय सदस्य के अार पुरम नगर अध्यक्ष देबेन्द्र रावल अतिथि अायप्पा नगर एरिया अध्यक्ष देबेन्द्र बटालाको उपस्थितिमा 8 जनाको एरिया समिति गठन गरिएकाे छ ।
उक्त भेला लाई सम्बोधन गर्दै केन्द्रीय सदस्य रावलले जब सम्म नेपालमा दलाल संसदीय व्यवस्थाको विकल्पमा जनवादी राज्य सत्ता बैज्ञानिक समाजवाद नअाउदा सम्म प्रवासी नेपालीहरुले स्वदेशमै गाँस, वास कवास शिक्षा, स्वास्थ्य र स्वदेशमै रोजगारीको ग्यारेन्टी नहुने भन्दै अन्तिम पटक प्रवासी नेपालीहरुले बिद्रोहको निम्ति तयार हुन अपिल गर्नु भयो । नव गठित एरिया समितिकाे  अध्यक्षमा मिलन बराल, उपाध्यक्षमा  रबिन्द्र बि क, सचिवमा धन ब रसाइली, कोषाध्यक्षमा  गंगाराम बिक र सदस्यहरुमा क्रमशः रमित सुनार, प्रेम गौतम, मुकेश सदासंकार, रोहित बिक रहेका प्रवासी नेपाली जनसमाज भारत कर्नाटक राज्य समिति अन्तर्गत बानसवाडी एरिया अध्यक्ष जीबन बाेगटीले जानकारी गराए ।

You can share this post!