प्रवासमा समेत नेकपामा ध्रुविकृत हुनेकाे लर्काे, भारतकाे कर्नाटक राज्यमा दर्जन बढी नेकपामा प्रवेश

भारत – प्रवासी नेपाली जनसमाज भारत कर्नाटक राज्य समिति के अार पुरम नगर समिति संयुक्त एरिया भेला तथा संगठन प्रवेश कार्यक्रम अायप्पा नगर अध्यक्ष देबेन्द्र बटाला संचालनमा दमसन्द्रा अध्यक्ष सागर खत्रीको अध्यक्षतामा प्रमुख अतिथि केन्द्रीय सदस्य तथा नगर अध्यक्ष देबेन्द्र रावल अतिथि नगर सचिव केनिज बराल र अायप्पा नगर एरिया कोषाध्यक्ष मणीराम बिष्ट अल्फा गर्डेन अध्यक्ष तिलक कार्की, सचिव सुशील, करण निमाईलीको उपस्थितिमा माअोवादी केन्द्र कैलाली जिल्ला सदस्य तथा मोहन्याल गाउँ कमिटी सचिव सुरेश क्षेत्री माअोवादी केन्द्र परित्याग गरि र धन बहादुर शाही, पदम रावल, डम्बर धानुक, करण निमाली कमल थापा सबिना चौधरी, विमला डाँगी प्रवासी नेपाली जनसमाज भारतमा प्रवेश गर्नु भएको छ ।

प्रवासी नेपाली जनसमाज भारतका केन्द्रीय सदस्य तथा नगर अध्यक्ष देबेन्द्र रावलले नयाँ प्रवेशीहरु लाई टिकाकरण तथा सदस्यता दिदै नेपालको दलाल भ्रष्ट संसदीय व्यवस्थाले गर्दा नेपालीहरु प्रवासीनुको पीडा भोग्नु परेको र जबसम्म राज्य सत्ताले गाँस, वास, कवास शिक्षा स्वास्थ्य र रोजगारीको ग्यारेन्टी स्वदेशमै गर्दैन तबसम्म नेपालीले प्रवासी जीवन जिउनु पर्ने हुदा भ्रष्ट दलाल राज्य सत्ताको विकल्पमा जनवादी राज्य सत्ता बैज्ञानिक समाजवाद स्थापना गर्न महासचिव कमरेड विप्लवले नेतृत्व गर्नु भएको महान तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी को एकीकृत जनक्रान्तिको कार्यदिशा लाई अात्मसाथ गर्दै नेपाली जन्ता लाई भ्रष्ट दलाल राज्यसत्ता वा बैज्ञानिक सममजवाद रोज्न दिन जनमत संग्रह गर्नु पर्ने र यदि भ्रष्ट दलाल राज्य सत्ताले गाँस, वास, कवास, शिक्षा स्वास्थ्य र रोजगारीको ग्यारेन्टी स्वदेशमै गर्दैन भने प्रवासी नेपालीहरु एक जुट भएर भ्रष्ट दलाल राज्य सत्ताको अखडा सिंहदरबार धावा बोल्न जस्तोसुकै मूल्य चुकाउनु परे पनि पछि न पर्ने र बैज्ञानिक समाजवाद ल्याएरै छाड्ने भनाइ राख्नु भयो ।

साथै सम्पूर्ण नयाँ प्रवेशी कमरेडहरु लाई बधाई तथा शुभकामना दिदै अागामी दिनमा प्रवासमा निस्वार्थ रुपमा प्रवासी श्रमीक वर्गको पक्षमा काम गर्न निर्देशन पनि दिएकाे प्रवासी जनसमाज भारत कर्नाटक राज्य समिति अन्तर्गत वानसबाडी एरिया अध्यक्ष जीवन बाेगटीले जानकारी दिएका छन ।

You can share this post!