गायक धामीकाे नयाँ तिज गित बजारमा, हेर्नुस भिडियाेमा

काठमाण्डाै – गायक संसार धामीले नयाँ तिज गीत बजारमा ल्याएका छन् । “क्या दामी कम्मर ढल्केको” बोलको गीतमा सुदूरपश्चिमका चर्चित गायक धामी र गायिका कल्पना बिसीले आवाज दिएका छन् ।
नेपाली नारीहरूको महान् चाड हरितालिका तिज लाई लक्षित गर्दै तिज गीत “क्या दामी कम्मर ढल्केको” बजारमा ल्याइएको गायक धामीले बताए।

गीतको शब्द कृष्ण सुनारको हो भने सङ्गीत संयोजने केशव बडुले गरेका छन् । गीत मारुनी डिजिटल,कुसुम डिजिटलमा रेकर्ड गरिएको हो
पुकार डिसीको निर्देशन सुरु ताम्राकार र दिव्या भुलको कोरियोग्रफी रहेको उक्त गीतको म्युजिक भिडियोमा कलाकार सुरु ताम्राकार,दिव्या भुल,सुनिल सुनार र निलम बिश्वकर्माको अभिनय देख्न सकिन्छ ।
गायक धामीले आफ्नै युट्युब च्यानलबाट उक्त गीत “क्या दामी कम्मर ढल्केको” गीत सार्वजनिक गरेका हुन् ।

You can share this post!