शिकारी भएर आउनुहोस् साथी  

जानकी खत्री

शिकारी भएर आउनुहोस् साथी

तिखारिएर आउनुहोस् साथी

लुकेर कहिल्यै नबस्नुहोस् है

शिकारी भएर आउनुहोस् साथी

भिखारी भएर कहिल्यै नबस्नुहोस् है !

तम्तयारी भएर आउनुहोस् साथी

झुकेर कहिल्यै नबस्नुहोस् है

आत्मनिर्भर भएर आउनुहोस् साथी

फुटेर कहिल्यै नबस्नुहोस् है ।।

मित्रता भएर आउनुहोस् साथी

स्वतन्त्रताको भाव पोखी दिनुहोस है

मानव भएर आउनुहोस् साथी

सबैलाई सम्मान गरिदिनुहोस है।।

समाजवादी भएर आउनुहोस् साथी

दलालवादीहरुलाई हटाइदिनुहोस् है

जनतालाई छिटै बुझाइदिनुहोस् साथी

दलालवादी व्यवस्था हटाई दिनुहोस है ।।

पाइला पाइला चाल्दै आउनुहोस् साथी

एकजुट एकमुष्ट भएर अघि बढ्नुहोस् है

शिकारी भएर जहिल्यै आउनुहोस् साथी

भिखारी भएर कहिल्यै नबस्नुहोस है ।।

You can share this post!