जयसिंह धामी मात्रै हैन विस्तारवादले धेरैको जीवन महाकालीमा बहायो

– लक्ष्मण चौलागाईं विद्रोही

कविता

मित्रताको घाँटी मात्रै छिनालेन,

भारतले छिमेकको साइनो परक्कै निमोठ्यो ।

जयसिंह धामी मात्र हैन,

विस्तारवादले धेरैको जीवन् महाकालीमा बहायो ।।

हजारौं हेक्टर जमीन मात्रै मिचेन,

गुलामले लुम्बिनी मै गिद्दे नजर लगायो।

एसएसबी मात्रै सिमामा पठाएन,

बैरिले नेपालको छातीमैं डोजर कुदायो ।।

विभिन्न नामधारी सन्धी मात्रै गरेन,

मिचाहाले महाकाली टनकपुर,

लिपु सुस्ता नै चपाइदियो ।।

जलश्रोतको धनी देश भएर के गर्नु,

विस्तारवादले सप्तकोसीको सांचो नै दिल्लीमा लुकाइदियो !!

You can share this post!