“ नेपालको बदलिँदो परिस्थिति र प्रवासको भुमिका ´´

दिनेश रावल

नेपालको विगत लामो इतिहासको पाना पल्टाएर अध्यन गर्दा नेपालीहरु रोजगारीको लागि बिदेश तिर पलायनको सुरुवात जब नेपालमा १०४ बर्षे जहाँनिया राणाहरुले शासन सुरु गरिसके पछि जंगबहादुर राणाले बिर्टिस साम्राज्यवाद संग गरेका सन्धि सम्झौता पछि मात्र सुरु भएको देखिन्छ । जब नेपाली जन्ता माथि राणाहरुले १०४ बर्ष सम्म एकतन्त्रीय शासन चलाउन सुरु गरे त्येस पछि जहाँनियाँ राणा शासनको बिरुद्धमा थुप्रै अान्दोलन सुरु भए ती अान्दोलनमा पनि प्रवासको भुमिका प्रत्यक्ष अप्रत्यक्ष रुपमा भुमिका रहेको छ । विषेश गरि २००७ साल फागुन १ गते तत्कालीन राजा महेन्द्र , नेपाली काङ्ग्रेस र दिल्ली सरकार बिच त्रिपक्षीय सम्झौता पछिको जनअान्दोलनमा प्रवासले महत्त्वपूर्ण भुमिका खेल्यो र राणा शासनको अन्त्य भयो।

नेपालमा प्रजातन्त्रको उदय भयो । प्रजातन्त्रको उदय पछि नेपाली जन्ताले जुन अपेक्षा गरेका थिय तर तेस्तो हुनसकेन । नाम मात्र परिवर्तन भयो तर पात्र पुरानै भए र २०१७ सालमा फेरि तत्कालीन काङ्ग्रेस सरकारले शासन सत्ता राजतन्त्र लाई बुझायो । फेरि नेपाली जन्ता ले ३० बर्षे पञ्चायती राजतन्त्रको बिरुद्धमा पटक पटक थुप्रै अान्दोलन गरे। २०२८ सालको झापा बिद्रोह , २०३६ सालको बिद्यार्थी अान्दोल देखि २०४६ सालको जनअान्दोलन सम्म प्रवासीहरुले परिवर्तन र गाँस वास कवास शिक्षा स्वास्थ र स्वदेशमै रोजगारीको लागि अार्थिक ,भौतिक ,नैतिक रुपमा सहयोग गरे र २०४७ सालमा बहुदलीय प्रजातन्त्रको स्थापना भयो । दुई दुई पटक सत्ता परिवर्तन हुदा नाम परिवर्तन भए तर पात्र पुरानै हुदा नेपाल र नेपालीको जीवन स्तरमा कुनै परिवर्तन हुनसकेन ।

प्रवासी नेपाली लाई साशक वर्गले धोका दिए । देशमा भएका कल कारखाना उधोगधन्दा दलाल पुजिपतीहरुको हातमा सुम्पेर बन्द गर्न लगायर नेपाल लाई परनिर्भर बनाउन पुगे अनि चीन लाई घेराबन्दी गर्न नेपाल माथि भारतीय साम्राज्यवाद ,अमेरिकी साम्राज्यवाद र युरोपेली युनियनहरुको हस्तक्षेप सुरु भयो । बिदेशी हस्तक्षेप बिरुद्ध तत्कालीन संयुक्त जनमोर्चाले २०५१ सालमा बाबुरामको नेतृत्वमा ४० सुत्रिय माग सहित नेपाली काङ्ग्रेसको देउवा सरकारलाई ज्ञापनपत्र बुझायो । तर देउवा सरकार माग पूरा गर्नुको सट्टा उल्टै दमनमा उत्रियो र नेपाल कम्युनिस्ट पार्टी माअोवादी प्रचण्डको नेतृत्वमा २०५२ साल फागुन १ गते जनयुद्धको सुरुवात भयो । देशमा चलेको महान १० बर्षे जनयुद्ध लाई दमन गर्न तत्कालीन भ्रष्ट दलाल सरकारले किलोसेर टु देखि रोमियो अप्रेसन सुरु गर्यो ।

दमनले इतिहासिक जनयुद्ध एक पछि अर्को उपलब्धि हात पार्दै २०० बर्ष पुरानो राजतन्त्र र भ्रष्ट दलाल संसदीय व्यवस्थाको बिरुद्धमा धावा बोल्दै बिजयको नयाँ उचाइमा पुग्नै लाग्दा राजा ज्ञानेन्द्रले तत्कालीन काङ्ग्रेस सरकार प्रमुख देउवा लाई असक्षेम भन्दै अपदस्थ गरेर पुन पञ्चायती व्यवस्था लागू गरे र नेताहरु लाई नजरबन्द गरे । त्येसपछी संसदीय व्यवस्थाका मतियार र महान जनयुद्धको नेतृत्व बिच राजतन्त्रको बिरुद्धमा एक किसिमको सम्झौता भयो र ६२,६३ को जनअान्दोलन सुरु भयो र राजतन्त्रको अन्त्य भयो । महान जनयुद्ध र ६२,६३ को जनअान्दोलनमा प्रवासले महत्त्वपूर्ण भुमिका खेल्यो र विशेष गरि १० बर्षे जनयुद्ध लाई अगाडि बढाउन महत्त्वपूर्ण भुमिका खेल्यो र थुप्रै प्रवासी नेपालीहरुले भौतिक रुपमा सहभागी भएर साहदत प्राप्त गर्नु भयो ।

६२,६३ को जनअान्दोलनको सफलता पछि राजतन्त्रको अन्त्य भए पछि संसदवादी दलहरु र तत्कालीन माओवादी बिच १२बुंदे दिल्ली सम्झौता भयो । १२ बुँदे दिल्ली सम्झौता पछि नेपाली जनयुद्धको नेतृत्वमा बिचलन र संसदीय व्यवस्थामा अात्मसमपर्णको सुरुवात भयो र नेपाली जन्ता र प्रवासी नेपाली माथि फेरि धोका दिएर नेतृत्व राजतन्त्रको ठाउमा गणतन्त्र नाम मात्र फेरेर पुरानै संसदीय व्यवस्थामा अात्मसपर्ण गर्न पुग्यो र जनयुद्धका उपलब्धि गुम्न पुगे । प्रवासी नेपाली माथि माअोवादी नेतृत्व प्रचण्ड र भ्रष्ट दलाल संसदीय व्यवस्थाका मतियारहरुले धोका दिन पुग्ये । नेपालमा परिवर्तनको लागि भएका जनयुद्ध जनअान्दोलनका योद्धाहरु खाडी मुलक र भारतको गल्ली गल्लीमा चौकीदारी गर्न बाध्य भएका छन।

देशमा भ्रष्ट संसदीय दलालहरुले लुटतन्त्रको साम्राज्य खडा गरेर देश लाई देशी विदेशी दलाल पुँजीपतीहरुको हातमा सुम्पेर भारतीय साम्राज्यवाद , युरोपेली युनियन र अमेरिकी साम्राज्यवादको परेड खेल्ने अखडा बनाई रहेका छन देशमा सुशासनको नामै छैन बिहाना घर बाट निस्केको छोरी साँझ सकुशल फर्केर अाउछ कि अाउन्न भनेर चिन्ताले घरबाट छोरीको फोन अाउने प्रखाईमा प्रवासी बुवाअामा बसेका हुन्छ । बोक्सीको नाममा महिला हिंसा भएका छन । धारो छुएको नाममा दलित कुटिएका छन । अाँखै अगाडि भारतीय साम्राज्यवादले दार्चुला महाकाली नदीमा तुहिन काटेर नेपाली नागरिकलाई नदीमा बगाउदा समेत भ्रष्ट दलाल सरकार लाटो ले केरा हेरे जस्तै हरेर बसिरहेको छ । प्रवासीहरुका लास दिनकै बाकसमा अाइरहेका छन । दिदीबहिनीहरु दिनकै फोनमा घरेलु हिंसामा परे भन्दै उद्दारको लागि रोइकराइ रहेकी छन । भारतको गल्ली गल्लीमा मान्छे अलपत्र छन ।

राज्य लाई कुनै चासो छैन। भ्रष्ट दलालहरु लाई लुटको स्वर्ग मच्चाउन रेमिटेन्स भए पुग्छ । अमेरिकी साम्राज्यवादले मिलेनियम चेलेन्ज कर्पोरेसन MCC को माध्यम बाट देशमा भएका खनिज पदार्थ , जडिबुटी लगाएत देशको खनिज पदार्थ दोहन गर्न र सम्प्रभुता माथि नै दखल दिने गरि अमेरिकी सेना नेपाल लाई इराक, अफ्गानिस्तान, सिरीया बनाउन खोज्दैछ । त्यसैले विगतमा भएका सम्पूर्ण जनअान्दोलन, जनयुद्धमा भएका कमीकमजोरी सच्याउदै उपलब्धि को रक्षा गर्न र नेपाली जन्ता र प्रवासी नेपालीहरुको गाँस वास कवास शिक्षा स्वास्थ्य र स्वदेशमै रोजगारी को लागि र नेपालको राष्ट्रिय स्वाधीनता, अखण्डता र अस्तित्व बचाउनको लागि फेरि अन्तिम पटक क्रान्तिको झण्डा उठाउदै महासचिव कमरेड विप्लवको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिको कार्यदिशा अगाडि सारेर जनमतसंग्रह मार्फत वैज्ञानिक समाजवादमा पुग्ने कार्यनितिमा सबैले एकाकार हुनुकाे विकल्प छैन ।

You can share this post!