जनता दास हुने गणतन्त्रमा लाेकतन्त्रकाे कल्पना गर्न सकिदैन

– लक्ष्मण चौलागाईं विद्रोही

देशको अवस्थाले राजनितीलाई विशेष जोड दिनुको अलावा नागरिकको अवस्थालाई कहिले देखि सोच्न थाल्छ ? राजनिती त चुनावमा मात्रै गर्ने हो सत्तामा गएपछी जनताको पहुँचमा सत्ता रहने लोकतान्त्रिक प्रणालीको पद्दती हैन र सरकार ? दिनहुँ करोडौं हरियो पासपोर्ट छाप्नु भन्दा दिनहुँ हजारौलाई नियुक्ती दिएर आफ्नै देशमा आत्मनिर्भर जनता बनाएर पो समृद्धि सम्भव हुने हो नि होइन र ? कार्यकर्ताको मात्रै भरणपोषणले नागरिक विभेदको चंगुलमा फसे अनि नेपालमा भविष्य नदेखेपछी अमूल्य युवा उर्जा खाडी धकेलिए ।

यदि यहि क्रम जारी रहन्छ भने समृद्धिको भाषण खारेज गरेर हरियो पासपोर्ट जारी गरिरहदा उपयुक्त होला कि ? नेपाल सरकार विदेशी सँग भिग माग्न अभ्यस्त छ अनि विदेशीले नेपाललाई गरिब र मगन्तेको रुपमा भन्दा अन्तरास्ट्रिय सम्मान कुन देशमा मिल्यो नेपाल सरकार ? सरकार यदि नागरिकको साझा सरकार हो भने अहिले संसार केमिकल भन्दा अर्ग्यानिक तिर आकर्षित भएको वजह हाम्रा मलिला नेपाली भूभागमा उन्नत किसिमको खेती प्रणाली प्रारम्भ गर्दै कृषकलाई अत्यावश्यक औजार, सामग्री र बजार उपलव्ध गर्न तर्फ सरकार लाग्ने हो भने ३ करोड श्रमिकले उत्पादन गरेका वस्तुहरु विकसित राष्ट्रका सुपरमार्केटमा पुग्थे र नेपाली किसानले आफ्नै माटोबाट डलर आम्दानी गर्न पाउथे।

यस्तो किसिमको अग्रगामी सोच यो सरकारले किसान उपर कहिले राख्ला ? नेपाली जनता पहरा फोर्न सक्छन,नेपाली जनता श्रम गर्न सक्षम छन् तर नेपाल सरकार नेपाली युवालाई खाडीको पाले बनाएर ३०० डलरमा श्रमिकलाई श्रम शोषणमा बेच्न हरियो पासपोर्ट किन छापिरहन्छ ? संसारले शोषण गर्ने हामी नेपाली प्राकृतिक श्रोत र साधनले अमेरिका भन्दा धनी र सम्पन्न छौं तर राज्यले युवा उर्जा पलायन गरि विदेशीको फ्री नोकर बनाउदा किन नेपाल सरकारले रेमिटेन्सलाई मात्र ताकिरहन्छ ? जनता गणतन्त्रमा व्यवस्थाको मालिक हुनुपर्ने तर शासक मालिक र जनता दास हुने गणतन्त्र लोकतान्त्रिक कि अलोकतान्त्रिक ?

प्रश्नहरु अधिक छन् तर सुन्नुपर्ने निकायले सुन्दैन। दिनहुँजसो युवा खाडीबाट काठको बाक्सामा आर्यघाटमा जल्न आउदा समेत रेमिटेन्सले अतृप्त राज्य मुर्दा जलाएको समेत शुल्क लिन्छ र मृत्युमा समेत लूट बजार चलाइरहेको देख्दा नेपाली मन हो दुख्छ नि हैन र ? अन्त्यमा, मुलुकमा जनताको अवस्था दिनानुदिन भयावह बन्दै गएको अवस्थाको मुख्य जड नै सस्तो श्रम लिलामको कारक हो हजुर।अन्यथा, साउदीमा नेपालीले मासिक २०००$ तलब पाउथे भने आज नेपाल झन्झन् ऋणी र गरिब बन्दैन थियो ।

You can share this post!