अफगानिस्तान र तालिवान

ओम प्रकाश पुन

अफगानिस्तानमा २० बर्षकाे संघर्ष पछि तालिवान सत्ता र शक्तिमा आएको घाेषणा गरेको छ । अमेरिकी साम्राज्यवादी सेना अफगानिस्तान बाट बाहिरिएकाे ४५ दिन भित्रै तालिवानकाे सत्ता कब्जाले बिश्वलाई एक प्रकारले तरङ्गित पारेको छ । यसका पक्ष र बिपक्षमा मत जे जाहेर भएता पनि यसका खास कारणहरु निम्न रहेका छन् ।

१) कम्युनिस्ट प्रभावका बिरुद्ध तालिवान जन्माएको नै अमेरिकी साम्राज्यवादले हाे ।

२) सन २०११ काे टुइन टावर घटना पछि तालवान सरकारलाई नाटाे सेना प्रयोग गरि ध्वस्त पारेर अफगान सरकार र असरफ घानीलाई जन्माएको पनि अमेरिकी साम्राज्यवादले नै हाे ।

३) अफगानिस्तानलाई गंगाल बनाएर सकेपछि तालिवान संग वार्ता गरेर घानी सरकारलाई समाप्त पारेको पनि अमेरिकी साम्राज्यवादले नै हाे ।

४) अफगानिस्तानमा तालिवान वा घानी सरकार ल्याएर त्यहाँको जनतालाई शान्ति र समृद्धि दिन उद्देश्य अमेरिकी साम्राज्यवाद काे हुदै हाेइन बरु जसरी हुन्छ एशियाली धन र मान लुट्ने उद्देश्य नै अमेरिकी साम्राज्यवाद काे हाे ।

५) असरफ घानी सरकारको पतनले साम्राज्यवादी एजेण्ड र दलालहरु आफ्नो र जनताको शक्तिमा भन्दा पनि मालिकको खुट्टामा टिकेका हुन्छन् भन्ने कुरा पुनः प्रमाणित भएता पनि तालिवान पनि स्वतन्त्र र राष्ट्रवादी हुन भन्ने कुरा साँचो हाेइन र उनिहरु पनि उनैको आशिर्वादमा आएका हुन ।

६) अल असरफ घानीकाे सरकारको उपादेयता समाप्त भएपछि साम्राज्यवादीहरुकै नकारात्मक सहयोगमा तालिवान शक्तिमा आएको हाे र यसले पनि अफगान जनताको मुक्ति गर्ने छैन, तर पनि यसले राष्ट्रवादी शक्तिलाई केही सकारात्मक सन्देश भने पक्कै दिएको छ ।

७) तालिवानकाे सत्ता पुनरागमनले निरन्तर संघर्षले सफलता प्राप्ति हुन्छ भन्ने कुराकाे सकारात्मक सन्देश क्रान्तिकारीहरुलाई दिएको छ भने दलाल र धार्मिक अन्ध जातिवादीहरुलाई पनि नकारात्मक शिक्षा दिएको छ ।

८) सारमा अफगानिस्तान, घानीकाे दलाल सरकार र तालिवानी संघर्षले साम्राज्यवादी षड्यन्त्र, लुट र युद्धको असफलतालाई नै पुष्टि गरेकाे छ ।

You can share this post!