प्रवासी जनसमाज भारत कुन्दनलीगेट नगर स्थित दमसन्द्रा एरिया समितिकाे एरिया भेला सम्पन्न

भारत –  नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी निकट प्रवासी माेर्चा अन्तर्गत प्रवासी नेपाली जनसमाज भारत कर्नाटका राज्य संयोजन समिति कुन्दनली गेट नगर समिति दमसन्द्रा एरिया समितिको एरिया भेला सम्पन्न भएकाे छ । भेलाकाे अध्यक्षता सागर खत्रीले गरेका थिए भने भेलाका प्रमुख अतिथि प्रवासी नेपाली जनसमाज भारत केन्द्रीय सदस्य देबेन्द्र रावल रहेका थिए ।

भेला लाई सम्बोधन गर्दै केन्द्रीय सदस्य देबेन्द्र रावलले जंगबहादुर राणाले बिर्टिस साम्राज्यवाद संग गरेको असमान सम्झौता पछि नेपालीहरु प्रवासीने सिलसिलाको सुरुवात भएको र तेसैलाई निरन्तरता दिदै बर्तमान भ्रष्ट दलाल संसदीय व्यवस्थाले युवा युवतीलाई दलाल पुजीवाद संग श्रम सम्झौता गरेर बिक्री गर्ने काम गरेकोले भ्रष्ट दलाल संसदीय व्यवस्थाको विकल्पमा जन्ताको सत्ता बैज्ञानिक समाजवाद न अाउदा सम्म प्रवासी नेपालीहरुका पीडा हल हुन नसक्ने भन्दै अन्तिम पटक सम्पूर्ण प्रवासी नेपालीहरु एक जुट भएर गाँस, वास, कवास शिक्षा, स्वास्थ्य र स्वदेशमै रोजगारीको ग्यारेन्टीको लागि जनवादी राज्य सत्ता बैज्ञानिक समाजवाद बाट मात्र सम्भव भएको हुदा जन्ताको राज्यसत्ता प्राप्तिको निम्ति अन्तिम पटक संघर्षको लागि तयार हुन अपिल गर्नु भयो ।

साथै अतिथि नगर सचिव केनिज बराल अाएप्पा नगर एरिया अध्यक्ष देबेन्द्र बटालाको उपस्थितिमा 19 सदस्यीय एरिया समिति चयन गरियो । जसमा अध्यक्ष = सागर खत्री उपाध्यक्ष = बिष्णु देवी अाचार्य सचिव = हिक्मत जोसी कोषाध्यक्ष = दिलिप धामी सदस्यहरु कौसिल्ला रावल, खगेन्द्र प्रशाद रिजाल, जगदिश देवकोटा, नरेश देवकोटा, डम्बर मास्के, ललिता विक, बसन्ती रावल, निर्मला धामी, गंगा पाण्डे, दिपा जोशी, निर्मला ठाडा मगर, नारायण पौडेल, दिलिप पाण्डे रहेका प्रवासी जनसमाज भारत कर्नाटक राज्य समिति अन्तर्गत बानसबाडी एरिया समिति अध्यक्ष जीवन बाेगटीले जानकारी गराएका छन् ।

You can share this post!