विद्रोहीले झुठ बोल्यो भने क्रान्तिले हार्छ

– लक्ष्मण चौलागाईं विद्रोही

हिजो पनि सुनेकै हो तिमिले बोलेको

सप्तकोसीमा बम हान्छु भनेको

आज पनि सुनिदैछ तिमिले बोलेको

एमसिसी पास गर्नेको औला काट्ने

तर नहोस् भोलि यस्तो

हिजो देखि भनेको

गफै गफमा नेपाली राजनिती

वृद्ध भएको

झुठ, अफवाहका नाटक मन्चन धेरै भो

३ करोड जनताले हिजो देखि आजसम्म

भोग्दै आएको

तर तिमी पनि मेरो पार्टी भन्न थालेछौ

अस्ति एकदिन रेडियो सुनेको

लाखौं युवा पलायन गर्ने

राज्यसत्तासँग वार्ता गर्यौ रे

हामी सबैले सुनेको

तर बुँदाहरुमा थप्यौ र तिमिले

कुमार पौडेलहरु किन मारेको

सोध्यौ तिमिले दलाल सत्तालाई

८० लाख युवा पलायन गरि निर्वाचन गरेको

सबैसबैको मत नखसी आएको परिणामलाई

किन दुईतिहाई भनेको

आज दुईतिहाईको मृत्यु भै

माका गठबन्धनको छ सरकार बनेको

देशको गृहमन्त्री किन डरायो भारत सँग

र मुख बन्द गरेको विद्रोहले

झुठ बोल्यो भने क्रान्तिले हार्छ

मैले हिजो देखि भनेको

पदमा रहने र संगठनमा जोडिने मात्र

किन तिमिले आफ्नो भनेको महाशय,

तिमी रिसाउ, खुसाउ कुनै सरोकार छैन

हाम्रो लागि ठूलो देश हो हामीले भनेको ।।

You can share this post!