जीवन बाेगटीकाे नेतृत्वमा प्रवासी जनसमाज भारत कनार्टक राज्य समिति केअारपुरम नगर ४ नं एरिया समिति गठन

भारत – नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट प्रवास मार्चा प्रवासी जनसमाज भारत कर्नाटक राज्य समिति अन्तर्गतको केआरपुरम नगर समिति एरिया नम्बर ४ को एरिया भेला सम्पन्न भएको छ ।

२ नम्वर एरिया अध्यक्ष तथा कार्य क्रममा अामन्त्रित अतितथ देबेन्द्र बटाला र नगर सचिब केनिज बराल (केशर) ले कार्यक्रमकाे संचालन गरेका वानसवाडी एरिया ईन्चार्ज जीवन बोगटीले जनाएका छन् । प्रवासी जनसमाज भारतका केन्द्रिय सचिवालय सदस्य तथा कर्नाटक राज्य समिति संयोजक तेज तिरुवा प्रमुख अतिथि रहेको कार्यक्रममा विशेष अतिथिको रुपमा प्रवासी जनसमाज भारतका केन्द्रिय सदस्य तथा नगर अध्यक्ष देबेन्द्र रावल, ३ नं: नगर का नगर उपाध्यक्ष अनिल आचार्य र मिलन बराल लगायतको पनि उपस्थिति रहेको थियो ।

उक्त भेलाले जीवन बाेगटीकाे अध्यक्षतामा १३ सदस्यीय एरिया समिति पनि चयन गरेको हो । जसमा अध्यक्षमा जीवन बाेगटी, उपाध्यक्ष खिम बाेहरा, सचिव नन्दराम बाेगटी, सहसचिव भरत लामिछाने, कोषाध्यक्ष रतन बाेगटी र सदस्यहरुमा क्रमशः गणेश बोहोरा, प्रसान्त बोगटी, करण बिश्वकर्मा, दान ब. वुढा, पारस बुढा, प्रेम बटाला, रतन विश्वकर्मा, ‌ गगन बिश्वकर्मा, बिकाश बुढा र पदम बोहोरा रहेका छन् ।

You can share this post!