प्रवासी जनसमाज भारत कर्नाकट राज्य समिति अन्तर्गत केआरपुरम नगर समितिको एरिया भेला सम्पन्न

भारत – नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट प्रवास मार्चा प्रवासी जनसमाज भारत कर्नाटक राज्य समिति अन्तर्गतको केआरपुरम नगर समिति एरिया नम्बर ३ को एरिया भेला सम्पन्न भएको छ ।

एरिया अध्यक्ष देबेन्द्र बटाला अध्यक्ष रहेको एरिया भेलाको सञ्चालन केनिज बरालले गरेका वानसवाडी एरिया ईन्चार्ज जीवन बोगटीले जनाएका छन् । प्रवासी जनसमाज भारतका केन्द्रिय सचिवालय सदस्य तथा कर्नाटक राज्य समिति संयोजक तेज तिरुवा प्रमुख अतिथि रहेको कार्यक्रममा सुरेश परिवायारले स्वागत मन्तव्य राखेका थिए । साथै विशेष अतिथिको रुपमा प्रवासी जनसमाज भारतका केन्द्रिय सदस्य तथा नगर अध्यक्ष देबेन्द्र रावलको पनि उपस्थिति रहेको थियो ।

उक्त भेलाले तिलक कार्कीको अध्यक्षतामा एकजना पछि थप्ने गरि १५ सदस्यीय एरिया समिति पनि चयन गरेको हो । जसमा अध्यक्षमा तिलक कार्की, उपाध्यक्ष रमित रसाइली, सचिव सुशील बिष्ट, सहसचिव चन्द्र थापा, कोषाध्यक्ष रमेश थापा र सदस्यहरुमा क्रमशः करण बस्नेत, बिष्नु बिष्ट, जीवन रसाइली, प्रेम बीसी लगायत रहेका इन्चार्ज बोगटीले जानकारी गराए ।

You can share this post!