भारतकाे बैङ्गलोरमा एक नेपालीको मृत्यु

 

काठमाडौ – भारतको दक्षिण बैङ्गलोरको बानसवाडीमा काम गरिरहेको अवस्थामा दुर्घटनाबाट मृत्यु भएको छ । नेपालको कैलाली जिल्ला फलाबिसाउनी घर भएका नवीन बुढाको दुर्घटनाबाट मृत्यु भएको प्रवासी नेपाली जनसमाज भारत बैङ्गलोर बानसवाडी यरिया समिति इन्चार्ज जीवन बोगटीले जानकारी गराए ।

घटना लगत्तै प्रवासी नेपाली जनसमाज भारत केन्द्रिय सचिवालय सदस्य तथा राज्य संयोजन समिति संयोजक तेज तिरुवा, केन्द्रिय सदस्य तथा केआरपुरनगर अध्यक्ष देबेन्द्र रावल, नगर सचिव केनिज बराल, २ नम्बर एरिया अध्यक्ष देबेन्द्र बटाला र बानसवाडी एरिया इन्चार्ज जीवन बोगटीको संयुक्त पहलमा छानविन गरि पुलिस रिपोर्ट, पोस्टमार्टम रिपोर्ट सहित कम्पनि मालिकबाट रु. ३ लाख भारतिय रुपैयाँ क्षतिपुर्ति समेत मृतक परिवारलाई दिलाएको थियो । साथै मृतकको पार्थिव शरीर मृतकको आफन्तलाई जिम्मा लगाई नेपाल पठाएको छ । पाेस्टमार्टमकाे रिपाेर्ट भने अाइ नसकेकाे इन्चार्ज बाेगटीले जानकारी गराएका हुन् ।

No description available.

No description available.

No description available.

 

You can share this post!