खाध्यान्न सामाग्री लिएर पार्टी कार्यालय निर्माण स्थलमा महानगर समिति, दुइ दिन देखि श्रममा व्यस्त

काठमाडौ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी काठमाडौ महानगर समिति पार्टीको केन्द्रिय कार्यालय निर्माण स्थल ललितपुरमा पुगेको छ । पार्टी कार्यालय निर्माणको लागि महानगर समिति श्रमसहभिताको लागि त्यहाँ पुगेको हो । केपी ओली नेतृत्वको सरकार र नेपाल कम्युनिष्ट पार्टी बीच भएको ३ बुदे सहमति सम्झौता पश्चात् उक्त पार्टीले केन्द्र देखि जिल्लासम्म नेता, कार्यकर्ताहरुकै श्रमबाट पार्टी कार्यालय निर्माणको निति लिएको देखिन्छ ।

पार्टीको उक्त निती अनुरुप ललितपुरको भैसेपाटीमा पनि पार्टीको केन्द्रिय कार्यालय निर्माण गरिने नेकपा स्रोतले जानकारी दिएको छ । उक्त पार्टी कार्यालय निर्माणको लागि नै महानगर समिति त्यहाँ पुगेको हो । नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति काठमाडौका सचिवालय सदस्य समेत रहेका महानगर समितिका ईन्चार्ज अविरल चन्दको नेतृत्वमा महानगरका दर्जन बढी नेता कार्यकर्ताको टोली त्यहाँ पुगेर दुइदिनदेखि लगातार श्रममा जोडिएको छ । श्रमसँग नजोडिने व्यक्ति कम्युनिष्ट बन्न नसक्ने भन्दै ईन्चार्ज अविरलले नेपाली जनताको आशा र भरोसाको केन्द्र नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यालय निर्माणमा श्रम गर्न पाउँदा महानगर समितिले गौरव बोध गरेको बताए ।

साथै केन्द्रिय कार्यालय निर्माणमा भैरहेको व्यवस्थापनलाई सहजीकरण गर्न खाध्यान्न लगायतका सामाग्री पनि पार्टी कार्यालय निर्माण तथा व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । नेता चन्दका अनुसार महानगर समितिले १५ केजी दाल, १ बोरा चिउरा, ३ प्याक मास्क, ४ पोका दालमोठ, ३ लिटर तेल, ४ प्याक मस्यौरा, २ पेटी चाउचाउ, १० पोका नुन, २ प्याक बिस्कुट, २ केजी चिनी, १ प्याकेट जिरा, १ प्याकेट बेसार लगायत थुप्रै सामा्रगीहरु हस्तान्तरण गरेका बताए । श्रमसहभागितामा सहभागी हुने र खाध्यान्न सामाग्री संकलनमा सहयोग पु¥याउने सम्पुर्णलाई महानगर समिति ईन्चार्ज अविरलले धन्यवाद दिए ।

कार्यक्रमका थप तस्विहरू

May be an image of 8 people, including HB Chand, people sitting, people standing and outdoors

May be an image of 1 person, standing, outdoors and tree

May be an image of HB Chand, standing and outdoors

May be an image of 3 people, including HB Chand, people standing, outdoors and tree

May be an image of 1 person, standing, body of water and grass

May be an image of 2 people, including HB Chand

May be an image of 3 people and people standing

May be an image of 2 people and people standing

May be an image of 2 people and people standing

May be an image of 2 people, people standing and outdoors

You can share this post!