विप्लव नेकपा निकट साउदी माेर्चाकाे एेतिहासिक ५ अाैँ अधिबेशन भब्य रुपले सम्पन्न

काठमाडाै – विप्लव नेतृत्व अन्तर्राष्ट्रिय प्रवास बिभाग नेपाली जनप्रगतिशिल मोर्चा साउदिको पाचोैँ अधिबेशन २१औ शताब्दीको जुम भर्चुअल मार्फत भब्य र सभ्य रुपले सम्पन्न भएको छ । असफल संसदीय ब्यबस्थाको बिकल्पमा बैज्ञानिक समाजवाद ल्याउ ! प्रबासी मजदुरहरु एकीकृत जनक्रान्तिका आधार हौं। भन्ने”मुल नारा साथ जुलाई २० तारिख साउदिमा भएको पाचौं अधिबेशनले तोयाराज भट्ट अध्यक्ष रहने गरि १५ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ । उपाध्यक्ष माधब घिमिरे, महासचिव कैलास मैनालि, सचिव पर्सुराम घर्ती, कोषाध्यक्ष तोया राज भट्ट, मोर्चा केन्द्रीय संस्कृति विभाग इन्चार्ज इन्द्र बि क मोर्चा सदस्यहरु आर जि एम मगर,मनोज पटेल, दल बहादुर तिलक पुन, घमर मगर हरिचन्द्र झाक्री, कमल थापा, देबु तमाङ, शुभास मगर रहेका छन् ।

तोया भट्ट सभापति रहेको अधिबेशनले तिर्थ पाख्रीन ‘प्रेम’ को नेतृत्वमा पाँच सदस्य सल्लाहकार समिति पनि निर्माण गरेको छ । सल्लाहकार समितिको संयोजकमा तिर्थ पाख्रीन, सल्लाहकार सदस्यहरुमा सेते घर्ति ‘कसम, युवराज कार्की ‘शेखर, टिकाराम ओली ‘सुरेस’ र बिपिन निरौला हुनुहुन्छ । त्यस्तै सल्लाहकार समितिहरुका सदस्यहरुको पनि कार्यविभाजन गरिएको छ । संयोजक तिर्थपाख्रीनलाई राजनैतिक तथा सांगठानिक पार्टी सम्पर्कको लागि जिम्मेवारी तोकिएको छ भने मोर्चाको आर्थिक विभागको संरक्षक तथा सल्लाहकार सेते घर्ति र बिपिन निरौलालाई जिम्मेवारी दिइएको छ ।

कार्यक्रमको तोया राज भट्टको सभापतित्व सम्पन्न भएको थियो उक्त कार्यक्रम सञ्चालन सते धर्ती कसम मंगरले गरेका थिए महान शहिदहरु प्रति सम्मान व्यक्त गर्दै एक मिनेट मोैनधारण गरिएको कार्यक्रममा पर्सुराम घर्तीले स्वागत मन्तव्य राख्नु प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी केन्द्र सदस्य अजाद केसि, बिशेष अतिथि नेकपा अन्तर्राष्ट्रिय बिभाग सचिव तथा मध्य पुर्ब इन्चार्ज खगेश्वर केसि (अन्मोल) बिशेष अतिथि नेकपा केन्द्रीय सदस्य खुमा सुबिधि, साउदि मोर्चा सस्थापक अध्यक्ष बिक्रम पोैडेल, भाइचारा संगठन, युरोप मोर्चा अध्यक्ष बिष्णु भुजेल, मोर्चा पर्चुगल महासचिवप्रदीअधिकारी, मध्य पुर्ब मोर्चा संयोजक बेद बोहरा युएई मोर्चा सल्लाहकार समर खर्त्रि, युएई मोर्चा सल्लाहकार पिृथ्छक बुढा मंगर, युएई मोर्चा अध्यक्ष मनोज काउछा, कतार मोर्चा साजन गुरुङ, बहराइन मोर्चा महासचिव मिनराज नाथ, कुवेत मोर्चा अध्यक्ष विकल्प, अाप्रवासि कामदार समाज नेपालको अन्तर्राष्ट्रय संयोजक समिति सदस्य धर्म केसि, प्रवाशि नेपाली जनसामाजका अाजत सेन ले उपस्तिथि जनाउनु भएको थियो ।

सम्पुर्ण अथितिले ऐतिहासिक पाचौं अधिबेशनको नयाँ कार्यसमितिलाई नयाँ कार्यकालको सफलताको हिजो भन्दा झन द्रुत गतिमा अघि बढोस भन्ने शुभकामना सन्देश दिनुभएको थियो । प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अजाद केसिले दलाल तथा संसदीय ब्यबस्था पूर्णरुपमा असफल भएकोले नेपाली जनताको स्वतन्त्रता र संवृद्धिको लागि एकीकृत जनक्रान्ती मार्फत वैज्ञानिक समाजवादी ब्यबस्था अपरिहार्य भएको बताउनु भयो । यो ब्यबस्थाको असफलताको कारणले नै लाखोैँ नेपाली दाजु भाइ तथा दिदीबहिनीहरु प्रवासिन बाध्य भएको बताउनु भयो । साथै अबको विकल्प भनेको २१ अोैँ शताब्दीको नयाँ कोर्स एकीकृत जनक्रान्ती मार्फत प्राप्त हुने बैज्ञानिक समाजवाद र जनमतसंग्रह नै हो भन्नू भएको थियो ।

नामको भ्रममा नपरी सम्पुर्ण युवाहरूलाई एकीकृत जनक्रान्तिमा गोलबन्द हुन आह्वान गर्नु भएको थियो । इमान्दार बनौ र देश भित्र असल ब्यबस्थापनमा युवाले नै जोड दिनुपर्ने र युवा नै देशको मेरुदण्ड भएको बताउनु भएको थियो ।उक्त मन्तव्यको अन्तिममा पाचौं अधिबेशन बाट नयाँ चयन सम्पुर्ण कार्यसमिति लाई कार्यकाल को अग्रिम शुभकामना सन्देश दिनु भएको थियो । बिशेष अतिथि नेकपा अन्तर्राष्ट्रिय प्रवास बिभाग सचिव तथा मध्य पुर्ब इन्चार्जले कथित असफल भैसकेको दलाल संसदीय ब्यवस्थाको पुर्ण रुपमा अन्त्य गरि उत्पिडित र श्रमिक जनताको प्रत्यक्षमा पहुँच भएको एकीकृत जनक्रान्ती मार्फत बैज्ञानिक समाजबाद स्थापना गर्न र यो ब्यबस्था प्राप्तिका लागि आम नेपाली जनताको पक्षमा जस्तो सुकै चुनौतीको पनि सामना गर्न तयार हुने कुरा स्पष्ट पार्नु भएको थियो। नेपाली जनतालाई यो असफल भइसकेको दलाल संसदीय ब्यबस्थाको विभेदकारि नितिबाट सदाका लागि मुक्त गर्ने र राज्य सत्ता जनताको हातमा पुर्याउने हाम्रो महान तथा जनताको लोक प्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी मात्र भएको बताउनु भएको थियो।

मोर्चाका सस्थापक अध्यक्ष बिक्रम पौडेलले मोर्चालाइ स्थापनाकाल देखिनै आम प्रबाशी श्रमिकको आशाको केन्द्रको रूपमा चिर परिचित रहेको हुँदा आगामी दिनमा झन ससक्त हुँदै झिना मसिना बाधा अड्कन को पछि नलागी पार्टी भित्र पार्टी र संगठन भित्र सङ्ठन भन्ने हेतुको साथ नेपालको क्रान्तिमा मेरुदण्ड बन्दै संगठनभित्र जनबादको बिकाश गर्दै पार्टी केन्द्रीयतालाई आत्मसात गर्दै एकढिक्का बनाएर समग्र रूपमा नेतृत्वदाइ भुमिका निर्भाह गर्दै अभिभावक बन्न आग्रह गर्दै मोर्चाको पाँचौ अधिबेशन बाट नयाँ चयन सम्पुर्ण कार्यसमिति लाई नयाँ कार्यकाल सफलताको अग्रिम शुभकामना सन्देश दिनु भएको थियो । कार्यक्रमका अतिथि एनअारएनका धर्म केसिले नेपाली राजनीतिमा एक मात्र प्रष्ट र देशभक्त रहेको पार्टी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट भएको जिकिर गर्नु भएको थियो।मोर्चाका सल्लाहकार तिर्थ पाख्रिनले गतिशिल भाइचारा मोर्चाहरुले पठाएको शुभकामना सन्देश बाजन सहित पाचौं अधिबेशन बन्द सत्र घोषणा गर्नु भएको थियो । कार्यक्रमको समापन गर्दै सभापति तोया राज भट्टले मोर्चाको इतिहासिक पाचौं अधिबेशन भब्य र सभ्य बनाउन सहयोग गर्नुहुने सम्पुर्ण उपस्तिथि अतिथि तथा मोर्चा सदस्यहरुलाइ हार्दिक धन्यवाद दिदै मोर्चाको बिधान अनुसार सबै संगठित भएर अगाडि बढ्ने अाहृान गर्नु भएको थियो ।

You can share this post!