पार्टी कार्यालय निर्माणमा नागार्जुन नगर समितिकाे सक्रिय श्रमसहभागीता

काठमाडौ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नागार्जुन नगर समिति पार्टीको केन्द्रिय कार्यालय निर्माण स्थल ललितपुरमा पुगेको छ । पार्टी कार्यालय निर्माणको लागि नागार्जुन नगर समिति श्रमसहभिताको लागि त्यहाँ पुगेको हो । केपी ओली नेतृत्वको सरकार र नेपाल कम्युनिष्ट पार्टी बीच भएको ३ बुदे सहमति सम्झौता पश्चात् उक्त पार्टीले केन्द्र देखि जिल्लासम्म नेता, कार्यकर्ताहरुकै श्रमबाट पार्टी कार्यालय निर्माणको निति लिएको देखिन्छ ।

पार्टीको उक्त निती अनुरुप ललितपुरको भैसेपाटीमा पनि पार्टीको केन्द्रिय कार्यालय निर्माण गरिने नेकपा स्रोतले जानकारी दिएको छ । उक्त पार्टी कार्यालय निर्माणको लागि नै नागार्जुन नगर समिति त्यहाँ पुगेको हो । नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति काठमाडौका सचिवालय सदस्य समेत रहेका नागार्जुन नगर समितिका ईन्चार्ज भीम बटालाकाे नेतृत्वमा नागार्जुन नगर समितिका दर्जन बढी नेता कार्यकर्ताको टोली त्यहाँ पुगेर दुइदिनदेखि लगातार श्रममा जोडिएको छ । श्रमसँग नजोडिने व्यक्ति कम्युनिष्ट बन्न नसक्ने भन्दै ईन्चार्ज बटालाले नेपाली जनताको आशा र भरोसाको केन्द्र नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यालय निर्माणमा श्रम गर्न पाउँदा नागार्जुन नगर समितिले गौरव बोध गरेको बताए ।

साथै निर्माणाधिन पार्टी केन्द्रिय कार्यालयकाे प्रत्यक्ष रूपमा अवलाेकन गर्न पार्टी महासचिव नेत्र विक्रम चन्द विप्लव पनि ललितपुर पुगेका साे पार्टीले जनाएकाे छ । पार्टी महासचिव विप्लवले श्रममा सहभागी सम्पुर्ण नेता कार्यकर्तालाइ विशेष धन्यवाद समेत व्यक्त गरेका थिए ।

थप तस्वीरहरू

May be an image of 2 people, people standing, outdoors and tree

May be an image of 8 people, people standing and outdoors

May be an image of 1 person, standing and outdoors

May be an image of 9 people, people standing, people sitting and outdoors

May be an image of 3 people, people sitting, people standing and outdoors

 

 

You can share this post!