प्रवासी नेपाली जनसमाज भारत आयपानगर एरिया समितीद्धारा बिरामीलाई आर्थिक हस्तान्तरण

काठमाडौ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रवासी नेपाली जनसमाज भारत कर्नाटक राज्यको बेङलोर आयपानगर केरपुरम एरिया समितिले एकजना बिरामीलाई आर्थिक सहयोग गरेको छ ।

नेपालको कर्णाली प्रदेश अन्तर्गत कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका वडा नं १ का सज्जने सार्कीका ४५ बर्षिय छोरा डबल सार्कीलाई आर्थिक सहयोग गरिएको हो । आर्थिक अभावका कारण उनको उपचार हुन नसक्दा आफ्नो संगठनले सहयोग गरेको एरिया इन्चार्ज जीवन बोगटीले जानकारी गराए । मोर्चाका अध्यक्ष देवेन्द्र बहादुर बटाला र नगर सचिव केनिज बराल सँगै एरिया संगठनका सम्पुर्ण सदस्यहरुको पहलकदमिमा भारतिय रुपैया ६,११० छ हजार एक सय दश बराबरको आर्थिक सहयोग गरेका थिए ।

देश र जनताका हरेक समस्यामा उभिने एकमात्र पार्टी नेपाल कम्युनिष्ट पार्टी भएकोले हामीलेपनि समस्यामा परेका नागरिकलाई आफ्नो ठाउँबाट सक्दो सहयोग गरेका हौँ इन्जार्च बोगटिले भने । आर्थिक सहयोग गर्ने प्रवासी जनसमाज भारत बेङलोर एरिया समिति र सिंगो नेपाल कम्युनिष्ट पार्टीलाई बिरामी परिवारले धन्यवाद व्यक्त गरेका थिए ।

थप तस्विरहरू

No description available.

No description available.

You can share this post!