नेपाल कम्युनिष्ट पार्टी ललितपुर जिल्लाको बैठक सम्पन्न

काठमाडौ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ललितपुर जिल्लाको बैठक सम्पन्न भएको छ । जिल्ला सचिव विशालको अध्यक्षतामा बसेको उक्त बैठकको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव रहेका थिए । यस्तै अतिथिहरुमा पार्टी केन्द्रिय सदस्य एवम् जिल्ला ईन्चार्ज हितमान, केन्द्रीय कार्यालय सचिव असल, स्कुलिण्¬ विभागका विपिन, बिशेष जिल्ला सचिव कुमाल लगायतका थुप्रै जिल्ला नेताहरुको उपस्थिति रहेको थियो ।

बैठकमा महासचिव विप्लवले दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्था पूर्णरुपले असफल भएकोले वैज्ञानिक समाजवाद सम्भव छ र त्यसको निम्ति आवश्यक परे जनताको जनमतद्धारा छनोट गर्न सकिने भनि जनमत संग्रह गरेर छिनोफानो गर्न राजनीतिक कार्यनीति अगाडि सारेको बताए । उनले तीनबुँदे सहमति आजको अपरिहार्य आवश्यकता भएको हुँदा नेता कार्यकर्ताहरु कहिँकतै विचलित नभई ढुक्क भएर पार्टीको लाइनलाई जनता सामु प्रस्तुत गर्न अपिल गरे ।

जिल्ला बैठकले ३ महिने संगठन सदृढ विस्तार तथा सचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । साथै वैज्ञानिक समाजवादको निर्माणका लागि राष्ट्रवादी, प्रगतिशिल, वामपन्थीहरुसँग छलफल र अन्तरक्रिया गरि व्यापक पहल गर्ने निर्णय समेत गरेको छ ।

You can share this post!