प्रधानमन्त्रीमा देउवा नियुक्त

काठमाडाै –राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गरेकी छन् । मंगलबार राष्ट्रपति भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिका सञ्चार सल्लाहकार टिका ढकालले जानकारी दिए ।

उनले संविधानको धारा ७६ को (५) अनुसार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रधानमन्त्रीमा नियुक्त भएका देउवालाई आजै शपथ ग्रहण गराउने तयारी भएको ढकालले जानकारी दिए । देउवा पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

राष्ट्रपति कार्यालयले उनलाई साँझ ६ बजे शपथग्रहण गराउने गरी तयारी थालेको छ ।  उनी २०५२ सालमा पहिलोपटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यसपछि क्रमशः २०५८, २०६१ र २०७४ मा प्रधानमन्त्री नियुक्त भएका थिए । सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परामादेश जारी गरेको थियो ।

You can share this post!