काठमाडौ विद्याकुञ्ज स्कुललाई अखिल (क्रान्तिकारी) द्धारा कार्वाही

काठमाडौ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी) काठमाडौँद्धारा टोखा नगरपालिका ग्रीनल्याण्ड स्थित काठमाडौँ विद्याकुञ्ज सेकेन्डरी स्कुललाई कार्वाही गरिएको छ । कोरोना महामारीको बेला शुल्क वृद्धि गरिएको, अतिरिक्त कक्षाका नाममा अभिभावकहरुबाट चर्को शुल्क असुल गरिएको, अभिभावकहरुले स्कुल प्रशासनसँग छलफल गर्न खोज्दा व्यवास्ता गरेको भन्दै संगठनले स्कुलको गेटमा कालो व्यानर टाँसेर सांकेतिक कार्वाही गरेको हो ।

उक्त कार्यक्रममा बोल्दै संगठनका केन्द्रिय सदस्य मदन चन्दले कोरोना कहरले जनता हातमुख जोर्न नसक्ने अवस्थामा पुगेका छन् तर केही निजी विद्यालयहरुले गरेको मनपरी शुल्क वृद्धि प्र्रति आपत्ति जनाउदै स्कुल प्रशासनले तत्काल अभिभावकका मागहरु सम्वोधन नगरे संगठनले कडा कार्वाही गर्ने चेतावनी दिएका थिए । कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी) काठमाडौ जिल्ला अध्यक्ष गोविन्द विष्टले रगतको भेलबाट जन्मेको विधार्थी संगठन स्थापना कालदेखि नै शैक्षिक क्षेत्रमा व्याप्त निजीकरण, व्यापारीकरण, दलालीकरण, माफियाकरण र भ्रष्टाचारसँगै जनताका जनजीवनका एजेण्डाहरु निरन्तर उठाउदै आईरहेको छ । दिल बहादुर रम्तेल देखि प्रज्वल शाहीहरुले परिवर्तनका निम्ति रगत बगाए आवश्यक परे फेरि रगत बगाउन तयार भएको भन्दै शैक्षिक माफियाहरुले तत्काल अभिभावकहरुका मागहरु सम्वोधन गर्न जोडदार माग गरेका थिए ।

अखिल (क्रान्तिकारी) काठमाडौ जिल्ला विगत केहि समय देखि निरन्तर शैक्षिक विकृतिका विरुद्ध संघर्ष गरिरहेको छ । गौशाला स्थित प्यारागन स्कुलले अभिभावक तथा पत्रकार माथी गरेको दुव्र्यवहारको विरोध गर्दै अभिभावकका मागहरु सम्वोधन गर्न स्कुल प्रशासनलाई बाध्य पारेको थियो । SEEको रिजल्ट प्रकाशित नहुँदै केही निजी विद्यालयहरुले भर्ना लिन थालेपछि संगठनले काठमाडौ जिल्ला अन्तर्गतका स्थानिय निकाय, प्यावसन, एनप्यावसन, हिसानलाई मागपत्र बुझाइरहेको छ ।
SEEको रिजल्ट प्रकाशन नहुँदै अधिकांश संस्थागत विद्यालयले भर्नाका नाममा अभिभावकहरुबाट चर्को शुल्क असुल गरिरहेका छन् । राज्य मुकदर्शक बनेर लुटखसोटको साक्षी बनिरहेको छ । जसले राज्यकै मिलिमतोमा लुटधन्दा चलिरहेको आभाष आम जनतालाई भएको भन्दै संगठनले उल्लेखित मागहरु तत्काल सम्वोधन गर्न माग गरेको थियो ।

१) SEE को रिजल्ट प्रकाशन नहुँदै निजी विद्यालयले कक्षा ११ को भर्नाको नाममा गरिएको शुल्क असुली बन्द गरियोस् साथै शुल्क अशुल्ने विद्यालयलाई तत्काल कार्वाही गरियोस् ।
२) शिक्षण संस्थाहरुले यो विषम परिस्थितिमा गरेको शुल्क वृद्धि खारेज गरियोस् । भर्ना शुल्क, बार्षिक शुल्क, गाडीभाडा, खेलकुद लगायतका विभिन्न शिर्षकमा असुल गरिएको शुल्क तत्काल बन्द गरियोस् ।
३) निजी विद्यालयले अनलाईन शिक्षाका नाममा गरिएको लुट बन्द गरियोस् । भौतिक रुपले कक्षा सञ्चालन नभएको समयमा साविकको शुल्कमा छुट गरियोस् । शुल्क निर्धारण समितिले आम जनताको पहुँचमा हुने गरि वैज्ञानिक ढंगले शुल्क निर्धारण गरियोस् ।

४) सबै शैक्षिक संस्थाहरुमा कार्यरत शिक्षक कर्मचारी र विद्यार्थीहरुलाई तत्काल निशुल्क कोभिड भ्याक्सिनको व्यवस्था गरि भौतिक रुपमा कक्षा सञ्चालन गर्ने वातावरण बनाईयोस् । विद्यार्थीहरुलाई अध्यनका लागि आवश्यक कम्प्युटर र ईन्टरनेटको व्यवस्था गरियोस् ।
५) सरकारी विद्यालयले विभिन्न बहानामा लिईरहेको शुल्क बन्द गरियोस् । अङ्ग्रेजी र नेपाली भाषाका माध्यमबाट पढाउने नाममा गरिएको विद्यार्थी माथिको विभेद अन्त्य गरियोस् ।
६) निजी शैक्षिक संस्थाहरुद्धारा गरिएको पाठ्यपुस्तक, पोशाक लगायतका शैक्षिक सामाग्रीहरुको व्यापार बन्द गरियोस् ।
७) नेपालको भूभाग समेटिएको चुच्चे नक्सा पाठ्यक्रम÷पाठ्यपुस्तकमा समावेश गरियोस् ।
८) निजी विद्यालयका शिक्षक कर्मचारी र सामुदायिक विद्यालयका निजी स्रोत अन्तर्गत रहेर काम गरिरहेका शिक्षक र कर्मचारी माथिको आर्थिक एवं वौद्धिक शोषणको अन्त्य गरि श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराइयोस् ।
९) सम्पुर्ण शैक्षिक संस्थाहरुले शहिद परिवार, विपन्न र जेहनदार विद्यार्थिहरुलाई उपलब्ध गराउने १० प्रतिशत छात्रावृत्ति लक्षित वर्गमा पुग्ने गरि तत्काल कार्यन्वयन गरियोस् । विश्वविद्यालयहरुले प्रदान गरिने छात्रवृत्तिलाइ लक्षित वर्गका विद्यार्थीहरुमा पुग्ने सुनिश्चितता गरियोस् ।
१०) कृषि, वन विज्ञान, चिकित्सा शिक्षा, ईन्जिनियरिङ लगायतका प्राविधिक शिक्षामा स्थानिय निकायले छात्रावृत्ति÷अनुदान लगायतको शैक्षिक प्रयोजनको लागि कम्तिमा २५ प्रतिशत रकम विनियोजन गरियोस् ।
११) जातिय छुवाछुत तथा भेदभाव लगायतका सम्पुर्ण विकृति, विसंगतिको अन्त्य गरियोस् ।
१२) आर्थिक रुपमा कमजोर विद्यालयहरुलाई राज्यले अभिभावकत्व ग्रहण गरि आर्थिक व्यवस्थापन गरियोस् ।
१३) किसानलाई समयमा नै मल र बिउँको व्यवस्था गरियोस् । गरिब, मजदुर विपन्न नागरिकलाई तत्काल राहतको घोषणा गरियोस् ।

कार्यक्रमका थप तस्वीरहरू

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

 

You can share this post!