जनताको रक्षाकवज बन्न चाहन्छ पार्टी – नेता चन्द

काठमाडौ – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी काठमाडौ महानगर समितिको आयोजनामा रोपाई सम्पन्न भएको छ । महानगर समितिले एकल महिला भगवती कोइरालाको खेतमा २ दिन लगाएर पार्टीका दर्जनौँ नेता कार्यकर्ताको सहभागीतामा रोपाई सम्पन्न गरेको हो । प्रत्येक नेता र कार्यकर्ताले अनिवार्य जनश्रममा जोडिनुपर्ने पार्टीको केन्द्रिय निती अनुरुप नै आर्थिक अभाव र श्रमशक्तिको अभाव भएका नागरिकको काममा सहयोग गरेको नेकपाका काठमाडौ महानगर समिति ईन्चार्ज अविरलले जानकारी गराए ।

एकल महिला भगवती कोईरालाको घरमा आर्थिक एवं श्रमशक्तिको अभावले गर्दा समयमा धान रोपाई हुन नसक्दा खेत बाँझो रहेको जानकारी आफुले पाए पछि पार्टीले रोपाई गरिदिने निर्णय गरेको नेता अविरलले जानकारी दिए । श्रमसँग नजोडिएकैले नेपालमा कम्युनिष्ट आन्दोलनले जनतासँग मजबुद सम्बन्ध बनाउन नसकेकोले माओवादी आन्दोलन धरासयी भएको आफ्नो पार्टीको निकर्ष रहेको भन्दै ईन्चार्ज अविरलले पार्टी महासचिव देखि सबै नेताकार्यकर्ताहरु प्रत्यक्ष जनश्रममा जोडिएका बताए । उनले भगवती कोइरालाको रोपाई सकिए पश्चात् उनका छिमेकीको रोपाईमा पनि सहभागी भएको जानकारी दिए ।

उक्त रोपाईमा त्यहाँका स्थानिय बासिन्दाहरुको पनि सहभागीता रहेको र जनताको समस्यामा प्रत्यक्ष सहभागी भएर काम गरेकोमा सम्पुर्ण स्थानियहरुले विशेष धन्यवाद सहित हाम्रो पार्टी नेतृत्व र नितीको प्रशंसा समेत गरेका उनले बताए । काठमाडौ महानगर समितिका ईन्चार्ज अविरलकाे नेतृत्वमा सम्पन्न भएको उक्त रोपाईमा नागार्जुन नगरपालिका ईन्चार्ज गणेश, महानगर कार्यालय सचिव संघर्ष, पार्टी एसिएम राजु, अदृश्य, बबिन लगायत थुप्रै नेता तथा कार्यकर्ताहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

रोपाईको सम्पुर्ण विवरण तलको लिंकमा क्लिक गरि हेर्नुहोस्

https://www.facebook.com/100003234361094/videos/4121306711287227/

रोपाईका थप तस्वीरहरु

 

You can share this post!