नेकपाका केन्द्रिय नेता आदर्श सहित १४ जना रिहा

काठमाडाै – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’सहित १४ जनालाई रिहा गर्न सर्बोच्च अदालतले आदेश दिएको छ । बाजुरा कारागारबाट करिव १८ महिनापछि सर्बोच्च अदालतको आदेशबाट १४ जना रिहा भएका हुन । न्याय विभाग प्रमुख वालीसहित सहित १६ जना कार्यकर्ता बाजुराबाट एकैचोटी पक्राउ परेका थिए । पछि उनीहरुलाई पुर्पक्षका लागि जिल्ला अदालत बाजुराले कारागार पठाएको थियो ।

बरिष्ठ अधिवक्ता एकराज भण्डारीका अनुसार १४ जना लाई सर्बोच्च अदालतले रिहा गर्न आदेश दिएको छ भने २ जनालाई थुनामै राख्न आदेश दिएको छ । २०७६ कात्तिक २२ गते सांगठनिक कामका लागि हिँडिरहेकाबेला बाजुराको गौमुल गाउँपालिका-.३ माझपालीबाट ओलीसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

You can share this post!